भोलिबाट मुलुकका अधिकांश स्थानमा भारी वर्षा हुने, सतर्कता अपनाउन आग्रह

काठमाडौं । आगामी बुधबारबाट मनसुनी न्युन चापीय रेखा नेपालको तराई नजिक रहने भएको छ ।
मनसुन सक्रिय भई देशको प्रदेश १, प्रदेश २, वागमती प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरुमा साथै लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
प्रदेश १, प्रदेश २, वागमती, लुम्बिनी र गण्डकी प्रदेशका केहि स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
उक्त प्रदेशहरुको पहाडी भू–भागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, नदीनाला तथा खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोध छ ।
मौसम पूर्वानुमान महाशाखाले यस प्रणालीलाई निरन्तर अनुगमन गरिरहेको जनाएको छ । सोही अनुसार नियमित रूपमा अद्यावधिक गर्दै जाने पनि उल्लेख गरेको छ। महाशाखाले सबैलाई अद्यावधिक मौसमी सुचनाको जानकारी लिन हुन अनुरोध गरेको छ।
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र देशको दक्षिणी भू–भाग नजिक मनसुनी न्युन चापिय रेखा रहेको छ। हाल देशभर सामान्यदेखि पूर्ण बदली रहि गण्डकी, लुम्बिनी, र वागमती प्रदेशका केहि स्थानहरुमा वर्षा भईरहेको छ ।
आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । प्रदेश १, गण्डकी प्रदेशका एक÷दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ । यस्तै आज राती देशभर सामान्य देखि पूर्ण बदली रहनेछ ।
प्रदेश १, प्रदेश २, वागमती प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरुका साथै लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, वागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना छ।















कांग्रेसले कैलालीका ५ क्षेत्रमा टुंग्यायाे उम्मेदवार
बागलुङमा जनमोर्चा र नेकपाबीच तालमेलगर्ने सहमति
कुलमान घिसिङ काठमाडौं- ३ बाट उम्मेदवार बन्ने
सिरहामा ५३१ मतदान केन्द्र कायम, चार लाख ५३ हजार मतदाता
एमालेबाट काठमाडौँ क्षेत्र नं ५ मा ईश्वर पोखरेल उम्मेदवार
नेपाली अलराउन्डर क्रिकेट खेलाडी गुलशन झालाई एस जिको एकवर्षे प्रायोजन
टी-२० विश्वकप खेल्न जाने नेपाली पुरुष क्रिकेट टिमको बिदाइ
प्रधानमन्त्री कप पुरुष क्रिकेट छनोट प्रतियोगिता सुरु
अमेरिकन डलरको मूल्य बढ्यो, आज कतिमा हुँदैछ काराेबार ?
प्रतिक्रिया