मंगलबार, माघ ६, २०८२

हामी चौतर्फी संकट बेहोरिरहेका छौंः सभामुख सापकोटा

मेरोन्यूज २०७८ असार १६ गते १२:२५

काठमाडौं । सभामुख अग्नि प्रसाद सापकोटाले यस बर्ष संसद दिवस मनाउँदै गर्दा चौतर्फी संकट बेहोरिरहे बताएका छन् । २०७८ सालको संसद दिवसको अवसरमा सुभकामना व्यक्त गर्दै सभामुख सापकोटाले यो वर्ष संसदले चौतर्फी संकट बेहोरीरहेको बताएका हुन् ।

कोभिड संकट जारी रहँदा यस बीचमा संघीय संसद, प्रतिनिधि सभाको दोस्रो पटक असंवैधानिक विघटन गरिएको सभामुखले बताए । उनले सुभकामना मार्फत भने, ‘गहिरिंदो राजनीतिक संकटका बीच हामी मौसमजन्य विपत्तिको पनि सामना गरिरहेका छौं । संविधान सभामार्फत् जनताका प्रतिनिधिले बनाएको संविधानको कार्यान्वयनको क्रममा प्रतिनिधि सभामाथिको पटक पटकको हमलाले संसद र संसदीय शासन प्रणालीमाथि नै प्रहारको आशंका उत्पन्न भएको छ ।’


संसद दिवस २०७८ को अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु । वि।सं।२०१६ साल असार १६ गते नेपालमा संसदको पहिलो बैठक बसेको दिनको स्मरणमा हरेक वर्ष यस दिन संसद दिवस मनाउने गरिएको छ ।

Advertisement
thakur moters insidethakur moters inside

यस अवसरमा लोकतान्त्रिक व्यवस्था स्थापनाका लागि भएका सबैखाले संघर्षहरुमा आफ्नो जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण शहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै यस क्रममा बेपत्ता, घाइते तथा अंगभंग हुनुभएका योद्धाहरूप्रति उच्च सम्मान व्यक्त गर्दछु ।

यस बर्ष संसद दिवस मनाउँदै गर्दा हामीले चौतर्फी संकट बेहोरिरहेका छौं । कोभिड संकट जारी रहँदा यस बीचमा संघीय संसद, प्रतिनिधि सभाको दोस्रो पटक असंवैधानिक विघटन गरिएको अवस्था छ । गहिरिंदो राजनीतिक संकटका बीच हामी मौसमजन्य विपत्तिको पनि सामना गरिरहेका छौं । संविधान सभामार्फत् जनताका प्रतिनिधिले बनाएको संविधानको कार्यान्वयनको क्रममा प्रतिनिधि सभामाथिको पटक पटकको हमलाले संसद र संसदीय शासन प्रणालीमाथि नै प्रहारको आशंका उत्पन्न भएको छ ।

मौलिक ढंगले संसदीय परिपाटीको सञ्चालन गर्दै संसदलाई जीवन्त र जनमुखी बनाई लोकतन्त्रको विकास, विस्तार र सुदृढीकरण गरी लोकतन्त्रको लाभलाई जनस्तरसम्म पुर्याउनु आजको आवश्यकता हो । संघ, प्रदेश र स्थानीय तहमा संसदीय अभ्यासलाई प्रभावकारी बनाउने दिशामा अघि बढ्दा मात्रै अनगिन्ती संघर्ष र आन्दोलनका बलमा निर्मित संविधान अनुुरुप राज्य पुनर्संरचना र संघीय शासन प्रणालीको कार्यान्वयनमा बल पुग्ने छ ।
कोभिड–१९ को महामारीका कारण स्वास्थ्य सुरक्षालाई ख्याल गर्दै औपचारिक कार्यक्रम नगरिए पनि यस दिवसको महत्व र औचित्यप्रति संघीय संसद सधै सचेत छ । यस दिवसले संघीय संसद सदस्य, संविधानसभाका सदस्य, पूर्व सांसद, राष्ट्रसेवक कर्मचारीलगायत सबैमा संवैधानिक सर्वोच्चता र लोकतन्त्रको रक्षाका लागि एकजुट हुन प्रेरणा मिल्ने विश्वास लिएको छु ।
२०७८।०३।१६
अग्निप्रसाद सापकोटा

प्रतिक्रिया