घरबेटी सरस्वती प्रधानले दिइन् रूपा सुनारविरुद्ध उजुरी

काठमाडौं । कोठा नदिएको अभियोगमा ३ दिन हिरासत बसेका घरबेटीले रुपा सुनार विरुद्ध उजुरी दिएकी छन् । दलित भन्दै कोठा नदिएको आरोपमा ३ दिन हिरासतमा बसेर रिहा भएका घरबेटी सरस्वती प्रधानले आफ्नो अनुमति विना फोन रेकर्ड गरि व्यक्तिगत जीवनको स्वतन्त्रता हनन गरेको आरोपमा सञ्चारकर्मी सुनार विरुद्ध मानवअधिकार आयोगमा उजुरी दिएकी हुन् ।
रुपाले आवश्यकताविना नै आपराधिक नियतका साथ कोठा खोज्न आएर बहानावाजी गरेको सरस्वतीले उजुरीमा दावी गरेकी छन् । ‘मेरो मञ्जुरीबेगर फोन रेकर्ड गरी त्यसकै प्रमाण सिर्जना गरी मेरोविरुद्ध छुवाछुतको उजुरी दिई गैरकानूनी एवं मेरो वैयक्तिक जीवनको स्वतन्त्रता विपरीत हुने गरी पूर्वाग्रहपूर्वक थुनाइएको छ’, उनले उजुरीमा भनेकी छन् ।
दुईवटा कोठा १२ हजार रुपैयाँमा दिने भनेर कुरा मिलिसक्दा रुपाले नै जातको कुरा निकालेको सरस्वतीले बताएकी छन् । सरस्वतीले रुपासहित उनीसँग आएका दुई साथीहरुलाई पनि कारवाहीको माग गरेकी छन् ।
















नाइजेरियाली सेनाद्वारा अपहरण गरिएका ३१ जनालाई उद्धार, ५ जनाको मृत्यु
हुलाकका कुरियर ‘एक्सप्रेस वे’मार्फत, सार्वजनिक बिदाको दिन पनि सेवा
ओली र लेखकको बन्दीप्रत्यक्षीकरण रिट : आज पनि निरन्तर सुनुवाइ
फेवाताल जग्गा प्रकरणमा आफू ठगिएको गृहमन्त्री गुरुङको दावी
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
नेपाली क्लाइम्बिङ टोली चीन जाने
नेपाल लाइफले भन्यो– दिपक भट्ट र ब्रोकर ५५ सँग कुनै कारोबार छैन
प्रतिक्रिया