ओली र नेपालबीच निर्णायक वार्ता गराउने प्रयास
महाधिवेशन आयोजक कमिटीलाई केन्द्रीय कमिटीमा रूपान्तरण गर्ने र नवाैं महाधिवेशनबाट निर्वाचित संरचना क्रियाशील हुने संस्थापन पक्षकाे निर्णयबाट आफूहरूकाे जित भएकाे नेपाल समूहकाे निष्कर्ष

काठमाडौं । एमालेको आन्तरिक विवाद मिलाउने क्रममा पार्टी अध्यक्ष केपी शर्मा ओली र माधवकुमार नेपालवीच भेटघाट गराउने पहल थालिएको छ । पार्टीको पुरानै संरचना फर्काउन तयार भएपछि माधव नेपाल पक्ष केही लचक भएसँगै ओली नेपालबीच भेटघाट गराएर प्याकेजमै सहमति गराउने प्रयास थालिएको हो ।
नेपाल समूहले वार्ता र छलफलकै माध्यमबाट विवाद सुल्झाउन तयार रहेको सन्देश प्रवाह गर्दै उनीहरु लचक भएको संकेत गरेसँगै बिहीबार साँझ बसेको दुवै पक्षका नेताहरुले मोटामोटी सहमतिको खाका तयार गरेर दुवै नेताहरुलाई आपसमा भेट गराएर कुराकानी गराउने भएका हुन् ।
एमालेको आन्तरिक विवाद निरुपण गर्न प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओली पक्षले महाधिवेशन आयोजक कमिटी भंग गरेपछि वरिष्ठ नेता नेपाल समूहले राखेको स्थायी कमिटी सदस्यहरुको बैठकमा मिलेरै जाने तर ओलीले अझै पनि विधिको पालाना नगरेका कारण शुक्रबारको बैठकमा सहभागी नहुने र वर्ता र संवादलाई बढी नै जोड दिने पक्षमा उभिएका थिए ।
बिहीबारको बैठकमा धेरै जसो नेताहरुले मिलेरै जानु पर्ने विषयमा जोड दिएको तर ओलीले अझै पनि नवौं महाधिवेशनको विधान पालाना नगरेका कारण विधान अनुसार नै बैठक बोलाउनुपर्ने , केन्द्रीय कमिटीको बैठक बस्नु अघि नेपालसहितका नेताहरुको स्थायी कमिटी बैठक बोलाउनु पर्ने भन्दै नेताहरुले असार १८ गते अर्थात शुक्रबारको बैठकमा नजाने निर्णय गरेका हुन्
बिहीबार दिउँसो नेपाल पक्षको बैठकपछि दोस्रो पुस्ताका नेताहरुबीच साँझ छलफल भएको थियो । सोही छलफलका क्रममा सहमितको खाका तयार गरिसकेको र यसलाई अन्तिम रुप दिन र मन माझामाझ गर्न दुई नेतालाई भेटघाटको वातावरण बनाउने निर्णय गरेको बताइएको छ । छलफलमा सहभागी एक नेताले दिएको जानकारी अनुसार माधव पक्षले भोलिको पार्टी केन्द्रीय कमिटीको बैठक स्थगित गर्नुपर्ने र हिजो स्थायी कमिटीमा मनोनित भएका आठ जनाको मनोनय विधि उपयुक्त नभएकोले फिर्ता लिनुपर्ने जनाएको छ ।
संस्थापन पक्षले पार्टी र संगठन गतिशील भएकाले कहिलेकाँही विवाद आउँदैमा संगठन र सांगठनिक प्रक्रिया नरोकिने भन्दै मनोनयलाई स्विकारेर जानुपर्ने बताएपनि नेपाल पक्षले नवौं महाधिवेशनको विधानलाई पहिला कार्यान्वयन गरौँ भनेको छ ।
संस्थापन पक्षले महाधिवेशन आयोजक कमिटीलाई केन्द्रीय कमिटीमा रूपान्तरण गर्ने र नवाै महाधिवशेनकाे संरचना क्रियाशील हुने निर्णय गरेको, यसअघि आयोजक कमिटी र स्थायी कमिटीले गरेको कारबाहीका निर्णय निष्प्रभावी बनाएको, त्यसले पार्टीलाई एकताबद्ध बनाउने नयाँ आधार सिर्जना गरेको नेपाल पक्षले एकप्रकारले जित भएको महसुस गर्दै वार्ता र संवादमा जोड दिएर छलफललाई निरन्तरता दिने तहमा पुगेको हो ।









जेनजी आन्दोलनका घाइते तथा सहिदका परिवारका मागभन्दा सरकार दायाँबायाँ जाँदैन : प्रधानमन्त्री
समग्र विकासका लागि एआई अपरिहार्य : सञ्चारमन्त्री खरेल
एनपीएलमा सुदूरपश्चिमकाे लगातार दोस्रो जित
कास्कीमा जेनजी प्रदर्शनका क्रममा आपराधिक गतिविधि गर्ने ५३ जनामाथि मुद्दा
धुर्मुसले किन पाउन सकेनन् रङ्गशालाको भुक्तानी ? भरतपुर महानगर यसाे भन्छ
आज २०८२ साल मंसिर ३ गते बुधबारको राशिफल
सरकारलाई ओलीकाे आग्रह : दुर्गा प्रसाईंलाई तुरुन्त रिहा गरियाेस्
दोस्रो संस्करणको एनपीएल : आज काठमाण्डु र सुदूरपश्चिम भिड्दै
यी हुन् मन्त्रिपरिषद्का २५ निर्णय
आज बालाचतुर्दशी, पशुपति क्षेत्रमा छरियो शतबीज (तस्बिरहरू)
प्रतिक्रिया