हस्ताक्षरले सर्वोच्चमा के फरक पार्छ भन्ने अलग कुरा हो : प्रवक्ता ज्ञवाली

काठमाडौँ । सत्तारुढ दल नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले आफ्ना पार्टीका विघटित प्रतिनिधिसभा सदस्यले विपक्षी गठबन्धनका नेतालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्नु गलत भएको बताएका छन् । पार्टीको १३ औँ केन्द्रीय कमिटी बैठक सम्पन्नलगत्तै पत्रकारसँगको कुराकानीमा उनले यस्तो बताएका हुन् ।
अदालतमा विचाराधिन मुद्दामा तपाईहरूले कस्तो अपेक्षा गर्नु भएको छ ? भन्ने पत्रकारको प्रश्नमा प्रवक्ता ज्ञवालीले भने, ‘पार्टीको विधानविपरीत अर्को पार्टीका नेतालाई प्रधानमन्त्री बनाउनु पर्छ भन्दै हस्ताक्षर गर्नु राम्रो होइन, एउटा पार्टीको चुनाव चिह्नमा चुनाव जितेर विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्नु विलकुल गतल काम हो, उहाँहरूलाई हस्ताक्षर फिर्ता गर्न सोमबारसम्म समय दिएको छ, उहाँहरूको हस्ताक्षरले सर्वोच्चमा रहेको मुद्दालाई के फरक पार्छ भन्ने यो अलग कुरा हो ।’
दोस्रोपटक प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेसँगै नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेका माधव नेपाल पक्ष, जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव पक्ष र राष्ट्रिय जनमोर्चाका सांसद गरी कूल १४६ जनाले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग राख्दै ओलीविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरको छ । उक्त रिटमा आजदेखि सरकारी पक्षको बहस सकिएको छ । यसअघि गठबन्धन पक्षको बहस सकिएको थियो ।
पार्टीको केन्द्रीय कमिटी बैठकले नेता माधव नेपाल र झलनाथ खनालसहितका २३ जना सदस्यलाई हस्ताक्षर फिर्ता लिएर पार्टीको पक्षमा उभिन निर्देशन दिएको छ । यस्तै आजको बैठकले पार्टी एकतालाई सुदृढ गर्न सबैलाई आह्वान गरिएको छ । देशभर पार्टी विभाजन हुने डरले निरास बनाएकाले एकजुट हुन आग्रह गरिएको छ प्रवक्ता ज्ञवालीले बताए ।
















फिलिपिन्समा डुङ्गा डुब्दा मृत्यु हुनेको सङ्ख्या ५२ पुग्यो
राष्ट्रियसभा बैठकबाट चलचित्र विधेयक पारित
HoR polls: Over 15 million ballot papers printed for FPTP category
The machine suddenly fell aboOne killed and another injured as machine falls from Fast Track construction site
दैनिक १५ लाख मतपत्र छपाइः बिहीबारदेखि वितरण गरिने
इंग्ल्यान्डसँग नेपाल ४ रनले पराजित
दुई ब्याटरको अर्धशतकमा इंग्ल्यान्डले नेपाललाई दियाे १८५ रनकाे लक्ष्य
माल्दिभ्समा नेपाली समुदायको निःशुल्क स्वास्थ्य परीक्षण तथा कन्सुलर सेवा शिविर सम्पन्न
मेडिकल व्यवसायी दुर्गा प्रसाईं हाजिरी जमानीमा रिहा
रुसी जनरलमाथि गोली हान्ने संदिग्ध व्यक्ति दुबईबाट पक्राउ
प्रतिक्रिया