प्रविधि आत्मसात गर्दै उत्पादनमा जोड दिन मुख्यमन्त्रीको आग्रह
मेरोन्यूज
२०७८ असार १८ गते २०:४२

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सहकारीले प्रविधिलाई आत्मसात गर्दै उत्पादनशील क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन् ।
काठमाडौंमा स्थापित हब कोअपरेटिभ सर्भिस लिमिटेडको कास्की सेवा केन्द्रको शुक्रबार शुभारम्भ गर्दै मुख्यमन्त्री पोखरेलले ससानो लगानी संकलन गरी उत्पादनशील क्षेत्रमा लगानी गर्न समृद्धिका लागि सहायकसिद्ध हुने बताएका हुन् ।
बखानसिंह गुरुङले नेपालमा सहकारी अभियान सुरु गरेको स्मरण गर्दैै उनले प्रथम निर्वाचित प्रधानमन्त्री विपी कोइरालाले इजरायलसँग सम्बन्ध विस्तार गरेर सहकारीलाई थप उचाइमा पुर्याएको बताए ।
सामूहिक रुपमा उद्यम गर्न चाहने युवाहरूलाई प्रोत्साहन गर्न प्रदेश सरकार र युवा उद्यमीहरू बीच लगानी साझेदारीमा ‘उद्यमी युवाः समृद्ध प्रदेश निर्माणमा टेवा’ कार्यक्रम सञ्चालन गरिने समेत उनले बताए ।
सम्बन्धित









एनपीएलमा आज दुई खेल : चितवन र काठमाण्डु, विराटनगर र कर्णाली भिड्दै
आजका लागि विदेशी मुद्राको विनिमयदर
आज मंसिर १२ गते शुक्रबार, कस्ताे रहला तपाइकाे राशिफल ?
एसिसी प्रिमियर कपः हङकङविरुद्ध नेपाल शानदार जीत
सरकारले निर्वाचनको वातावरण बनाउनुपर्छः नेता डा रावल
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
प्रधानसेनापतिद्वारा सहायक रथीलाई दर्ज्यानी चिन्ह प्रदान
दाहसंस्कारका लागि ल्याइएकी महिला कफिनभित्र जीवित भेटिएपछि…
टी-२० विश्वकप तालिका सार्वजनिक, नेपालको पहिलो खेल कुन देश संग ?
महाकालीमा डुबेर एक युवक बेपत्ता, खोजीकार्य जारी
प्रतिक्रिया