एमालेको बैठक : संघीयताको समीक्षा र धर्म निरपेक्षताको बहस हुनुपर्ने प्रस्ताव
मेरोन्यूज
२०७८ असार १९ गते १८:११

काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्य महेश बस्नेतले ८ बुँदे प्रस्ताव पेश गरेका छन् । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा उनले संघीयताको समीक्षा, धर्म निरपेक्षताको बारेमा बहस हुनुपर्ने प्रस्ताव पेश गरेका हुन् ।
यस्तै संविधान संशोधन हुनुपर्ने र दुई कार्यकालभन्दा बढी प्रधानमन्त्री बन्न नपाइने उल्लेख गरेका छन् । उनले पार्टी अध्यक्ष पनि दुई कार्यकालभन्दा बढी हुन नपाइने र ३ कार्यकालभन्दा बढी पार्टीको पदाधिकारी हुन नपाइने प्रस्ताव गरेका छन् । त्यस्तै पार्टी र राज्यका पदहरुमा युवाको ४० प्रतिशत प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने उनले माग गरेका छन् ।
बस्नेतले पार्टीको महाधिवेशनको राजनीतिक प्रतिवेदन र विधान तथा चुनावको घोषणापत्रमै यो विषयको सम्बोधन गर्न केन्द्रीय कमिटीबाट कार्यदल बनाउन माग गरेका छन् ।
सम्बन्धित









रेखा खोलामा शव फेला, दुई जना पक्राउ
चितवनमा बोलेरो गाडी दुर्घटना हुँदा एकजनाको मृत्यु
हुम्लामा भालुको आक्रमणबाट ३ जना घाइते
बाबुराम र जनार्दनको एकतापछि आज प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा हुँदै
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
निर्माणाधिन संसद भवन समयमै सम्पन्न गर्न सभामुख घिमिरेको निर्देशन
चितवनविरुद्ध पहिला फिल्डिङ गर्दै लुम्बिनी
सुशीलाजी राणा शासनभन्दा कडा निस्किनु भाे : ओली
प्रतिक्रिया