महिला पर्यटन व्यवसायीको योग शिविर

पोखरा । महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ)ले संस्थाका सदस्यहरूको मानसिक एवं शारीरिक स्फूर्तिका लागि आयोजना गरेको १५ दिने योग शिविर समापन भएको छ ।
पर्यटन क्षेत्रमा क्रियाशील व्यवसायी महिलाको संस्था ओटेफले कोरोना महामारीका कारण व्यवसाय ठप्प हुँदा यसबाट सिर्जित हुन सक्ने मानसिक तनावसँगै स्वास्थ्य अवस्थालाई मध्यनजर गरेर योग शिविरको आयोजना गरेको संस्थाका अध्यक्ष पार्वती पाण्डेले जानकारी दिइन् ।
स्वस्थ जीवनका लागि योगको महत्व निकै रहे पनि व्यवहारिक अभ्यास हुन नसकेको जनाउँदै कोरोना महामारीको समयमा योगको महत्वलाई उजागार गरेको बताइन् । उनका अनुसार हरेक दिन बिहान ५ः३० देखि ७ बजेसम्मको समयमा भर्चुअल माध्यमबाट योग गुरु दुर्गादेवी सुवेदीले योग साधनाको अभ्यास गराएकी थिइन् ।
योग गुरु सुवेदीले व्यवसायको क्षेत्रमा सक्रिय महिलाले योग साधनाको महत्व बुझेर शिविर सञ्चालन गर्नु निकै सकारात्मक भएको बताइन् । समापन कार्यक्रमा पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले कोरोना महामारीबाट सिर्जित अवस्थाले धेरै पर्यटन व्यवसायीलाई मानसिक तनाव निम्त्याइरहेको बताउँदै यसको व्यवस्थापन गर्न योग साधनाको आवश्यकता औँल्याए ।
नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछाने योगाभ्यासले शारीरिक र मानसिक स्वास्थ्यलाई सन्तुलनमा ल्याउन सहयोग पुर्याउने बताए ।
















अष्ट्रेलियामा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु, ११ घाइते
चक्रपथ विस्तार गर्न चीनले ११ अर्ब अनुदान दिने
खातामा प्यान र ईमेल ठेगाना अद्यावधिक गर्न एनआईसी बैंकको आग्रह
कमलादेवी पन्त कांग्रेस राष्ट्रियसभा संसदीय दलको नेतामा मनोनीत
इरान प्रस्तावमा अमेरिकाकाे आशंका, युद्ध अन्त्य अनिश्चित
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
निजामती सेवा ऐनको मस्यौदामा निजामती ट्रेड युनियनहरूको आपत्ति : आन्दोलनको घोषणा
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
प्रतिक्रिया