सानेपामा भारतिय नागरिक मृत अवस्थामा फेला
घटनास्थलमा फरेन्सिक टिम जाँदै

काठमाडौं । ललितपुरको सानेपामा एक भारतीय नागरिक मृत अवस्थामा फेला परेका छन् । प्रहरीले सानेपाको गुसिटोलस्थित राममन्दिर रहेको दुई तले घरमा ५९ वर्षीय सत्य नारायण पारिकलाई मृत अवस्थामा फेला पारेको हो ।
भारतको राष्ट्रनाघुर जिल्लामा घर भई हाल ललितपुरममा बसेर इलेक्ट्रोनिक्स सामान बिक्री वितरण गर्दै आएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी) करण बर्जाचार्यले मेरोन्युजलाई बताए ।
एसएसपी बज्राचार्य अनुसार घटनास्थलको अबस्था हेर्दा झ्यालबाट छिरेर सामन चोरी गर्ने मनसायले घर भित्र छिरेको र प्रतिकार गर्दैगर्दा हत्या भएको जस्तो देखिन्छ । तालिमप्राप्त कुकुरको सहयोगमा हत्यारा खोज्ने काम भइरहेको छ । शवको गन्ध आउन थालेको र शुक्रबारतिरै हत्या भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ
उनका अनुसार पुरुष घोप्टो परेको अवस्थामा मृत भेटिएका थिए । घटनास्थलमा कुकुर परिचालन गरिएको उनले जानकारी दिइन् । उनले घटनाबारे थप अनुसन्धान भइरहेको समेत बताएकी छन् । घटनास्थलमा फरेन्सिक टिम आउँदै गरेको एसएसपी बज्राचार्यले जनाईन् ।

दया दुदराज
<span style="color: #343f4a; font-family: Mukta, sans-serif; font-size: 18.4px; text-align: justify;">मेराेन्यूजकर्मी दुदराज सुरक्षा, प्रशासन र सामाजिक घटना सम्बन्धी विषयमा कलम चलाउँछन् ।</span>
















‘संविधानले नै श्रमिकलाई ट्रेड युनियन खोल्ने अधिकार सुनिश्चित गरेको छ’
सुनसरीमा एसइई दिइरहेका एक नक्कली परीक्षार्थी पक्राउ
दाङमा चितुवाको आक्रमणबाट दुई घाइते
गुल्मीमा पाँच दिनदेखि सम्पर्कविहीन बाबुछोरी
राष्ट्रिय सभा उपाध्यक्ष भण्डारीले लिइन् शपथ
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
१५औँ महाधिवेशनको तयारीमा कांग्रेस : ‘जरा अभियान’ मा गाउँ तहसम्म पुग्ने
युएईमा घाइते भएका सातै नेपाली खतरामुक्त, छ जना अस्पतालबाट ‘डिस्चार्ज’
गुण्डा नाइके सानुभाइसहित १८ जना पक्राउ
प्रतिक्रिया