पार्टी एकता गर्न केपी ओली पक्षमा लागेँ : बामदेव गौतम

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले पार्टी अध्यक्ष केपी ओली र नेता माधव नेपालको रिस शान्त नभएसम्म पार्टी एकता नहुने बताएका छन् । राष्ट्रियसभाको बैठकपछि संघीय संसद भवन नयाँ बानेश्वरमा संञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उनले दुई नेताको रिस शान्त हुनु पर्ने बताएका हुन् ।
दुई नेताको रिस शान्त नहुँदासम्म दोश्रो तहका नेताहरू एकता प्रयास सार्थक नहुने नेता गौतमले बताए । उनले पार्टी एकतामा जोड दिन अध्यक्ष ओली पक्षमा लागेको बताउँदै दुवै नेताको रिस शान्त बनाउन प्रयास गर्ने बताए । उनले सर्वोच्च अदालतको फैसलासँगै पार्टी एकता हुने ठोकुवा गरे ।
‘एकै ठाउँ भएपछि त एकताको आवश्यकता नै पर्दैन नि, दुईतिर तिनतिर बाँडिएकालाई नै एकता गराउने हो, अहिले हाम्रो पार्टीमा माधव, झलनाथ एकातिर केपी एकातिर हुनुभयो, पार्टी एकता गराउन म केपी ओलीतिर लागेको छु,’ उपध्याक्ष गौतमले भने, ‘मैले एकताको प्रस्ताव अस्ति केन्द्रीय कमिटीको बैठकमा राखेँ, म त्यसका लागि प्रयत्नशील छु, माधव कमरेड धेरै रिसाउनुभएको छ केपी ओली जीसँग, केपी ओली पनि माधवसित बेस्सरी रिसाउनु भएको छ, उहाँहरूको रिस नमर्दासम्म केही हुने वाला छैन, म दुवैको रिसलाई कसरी शिथिल बनाउन सकिन्छ, त्यतातिर लागिरहेको छु ।’
यस्तो अवस्थामा एकता सम्भव छ त भन्ने संञ्चारकर्मीको जिज्ञासामा नेता गौतमले सम्भव भएको तर त्यो सर्वोच्चको आदेशपछि हुने बताए । उनले भने, ‘एकता सम्भव छ, अहिले सम्भव नहोला, सर्वोच्चको निर्णयपछि एकता होला भन्ने लागेको छ ।’















जनअपेक्षा अनुसार काम गर्न कर्मचारीलाई सञ्चारमन्त्री तिमिल्सिनाको निर्देशन
जम्मु कश्मीरमा हिम–पहिरो, ७ जनाको मृत्यु
ग्रीसको समुन्द्री तटमा फसेको डुङ्गामा ६ दिन पछि २२ जना आप्रवासीको मृत्यु
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर १५ रुपैयाँले मुल्य बढ्यो
तीन महिनाका लागि एन्फा निलम्वन
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
प्रतिक्रिया