चितवनमा ९ दिनदेखि बेपत्ता युवतीको शव जंगलमा भेटियो
मेरोन्यूज
२०७८ असार २१ गते ८:३९

काठमाडौं । चितवनबाट ९ दिनदेखि हराइरहेकी सुजिता भण्डारीको शव भेटिएको छ । आइतबार साँझ राप्ती नगरपालिकाको ब्रम्हस्थानी सामुदायिक बनमा युवतीको शव फेला परेको हो।
११ गते विहान ६ बजे साथिको घर जाने भनेर हिडेकी उनी सोही दिनदेखि वेपत्ता भएकी थिइन्। भण्डारीको अपहरण भएको भन्दै आफ्न्तले प्रहरीमा उजुरी परेको थियो ।
अन्तिम पटक भण्डारीले दिदीलाई फोन गरेर आफूलाई तीन जनाको समूहले अपहरण गरेको बताएकी थिइन् । शव घटनास्थलमै रहेको र पोष्टमाटमका लागि भरतपुर अस्पताल ल्याउने तयारी गरिएको छ।
जंगलमा च्याउ टिप्न गएका स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए। शव गलेको अवस्थामा फेला परेको एक प्रहरीले मेरोन्युलाई बताए । वनको बीचमा झाङमा अड्किएको अवस्थामा शव फेला परेको प्रहरीले जानकारी दिएको छ। एक सातादेखि केन्द्रीय अनुसन्धान व्युरोको टोलीले घटनाको अनुसन्धान गरिरहेको छ।
सम्बन्धित










दोहोरो अंकले घट्याे सेयर बजार
मौन पीडामा रहेकी कालिमायाको याचना …
राष्ट्रियसभा अध्यक्षसँग चिनियाँ राजदूतको बिदाइ भेट
कालीकोटबाट कांग्रेसका तीन जनाको नाम सिफारिस
कञ्चनपुर कारागारको घटना छानबिन गर्न समिति गठन
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
प्रतिक्रिया