चितवनमा ९ दिनदेखि बेपत्ता युवतीको शव जंगलमा भेटियो
मेरोन्यूज
२०७८ असार २१ गते ८:३९

काठमाडौं । चितवनबाट ९ दिनदेखि हराइरहेकी सुजिता भण्डारीको शव भेटिएको छ । आइतबार साँझ राप्ती नगरपालिकाको ब्रम्हस्थानी सामुदायिक बनमा युवतीको शव फेला परेको हो।
११ गते विहान ६ बजे साथिको घर जाने भनेर हिडेकी उनी सोही दिनदेखि वेपत्ता भएकी थिइन्। भण्डारीको अपहरण भएको भन्दै आफ्न्तले प्रहरीमा उजुरी परेको थियो ।
अन्तिम पटक भण्डारीले दिदीलाई फोन गरेर आफूलाई तीन जनाको समूहले अपहरण गरेको बताएकी थिइन् । शव घटनास्थलमै रहेको र पोष्टमाटमका लागि भरतपुर अस्पताल ल्याउने तयारी गरिएको छ।
जंगलमा च्याउ टिप्न गएका स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए। शव गलेको अवस्थामा फेला परेको एक प्रहरीले मेरोन्युलाई बताए । वनको बीचमा झाङमा अड्किएको अवस्थामा शव फेला परेको प्रहरीले जानकारी दिएको छ। एक सातादेखि केन्द्रीय अनुसन्धान व्युरोको टोलीले घटनाको अनुसन्धान गरिरहेको छ।
सम्बन्धित
















मधेस प्रदेशको आम्दानी न्यून, योजना कार्यान्वयनमा समस्या
प्रतिनिधिसभाबाट तीन अध्यादेश संशोधन स्वीकृत
जनजाति आयोगको प्रतिवेदन राष्ट्रियसभासमक्ष पेस, शोक प्रस्ताव पारित
प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन, सभापतिमा गणेश पराजुली
सञ्चारमन्त्री तिमिल्सिना र नेपाल पत्रकार महासङ्घबीच छलफल
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
एमालेले भन्यो: संसदीय दलको नेता चयन लोकतान्त्रिक विधि र विधानसम्मत
खाडीमुलुकमा युद्धको अफवाह फैल्याउने ११ नेपाली पक्राउ
प्रतिक्रिया