प्रधानन्यायाधीशको प्रश्न : एमालेको विकल्पमा सरकार बन्ने देखिन्न, अब के हुन्छ ?

काठमाडौं । प्रतिनिधि सभा विघटनविरद्ध सर्वोच्च अदालतमा परेको रिटमा सुनुवाइ जारी रहेको छ । आज संवैधानिक इजलासमा रिट निवेदक पक्षको बहस सुरु भएको छ ।
रिट निवेदकलाई प्रश्न गर्दै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले पहिले वैकल्पिक सरकार बन्ने सम्भावना देखिएकाले संसद पुनःस्थापना गरेको तर अहिले त्यस्तो अवस्था नभएकाले अब के हुन्छ भनेर प्रश्न गरेका छन् । राणाले रिट निवेदक तर्फका वरिष्ठ अधिवक्ता हरिहर दाहाललाई एमालेको विकल्पमा सरकार बन्ने देखेर ११ फागुनमा अदालतले संसद् पुनःस्थापना गर्यो । अहिले यस्तो विकल्प देखिन्न, अब के हुन्छ भनेर प्रश्न गरे ।
जवाफ दाहालले भने, ‘वैकल्पिक सरकार बन्ने अवस्था रहेसम्म संसद विघटन गर्न पाइदैन । सार्थकता दिन्छ भनेरै आएका हौं, वैकल्पिक सरकार बन्ने अवस्था रहेसम्म विघटन गर्न पाइँदैन ।’
फेरि राणाले सोधे, ‘संविधानको धारा ७५ (५) प्रधानमन्त्री बनाउन हो कि संसदको स्थायित्वका लागि हो ? उपधारा ५ को व्यवस्था स्थायित्वका लागि हो कि प्रधानमन्त्री बनाउन मात्र हो ? संसद् आफ्नो आयु ५ वर्षसम्म चलोस् भनेर हो कि प्रधानमन्त्री बनाउन मात्र हो ? तपाईंको रिट निवेदनको बुँदा हेर्दा त फेरि पनि संसद् आफनो पूरा आयुसम्म जीवित रहन्छ भन्ने कुरा । माननीय शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउँदा यो कुराले सार्थकता दिन्छ जस्तो लाग्छ ?’
जवाफमा दाहालले उपधारा ५ दलको नभएको तर्क गरे । उनले अहिले संविधान रक्षाको प्रश्न आएको र अदालतले पनि संविधान रक्षालाई प्रथामिकता राख्नुपर्ने बताए । उनले दलको कुरा नभइ सांसदको हस्ताक्षरको कुरा भएको भन्दै एमाले वा अरूका मान्छे नभइ आहिले अदालतले संविधान रक्षा गर्नुपर्ने बताए ।









नाइजेरियाको विद्यालयमा बन्दुकधारीद्वारा आक्रमण, ३१५ जना अपहरित
दुई थान पेस्तोलसहित एकजना पक्राउ
दुहबीको जुट मिलमा आगलागी
पार्टी एकताका विषयमा छलफल गर्न नेसपा बैठक सुरु
एनपिएलः विराटनगर किंग्सकाे लगातार दोस्रो जित
आज २०८२ साल मंसिर ४ गते बिहीबारको राशिफल
प्रधानमन्त्री कार्कीको नियुक्ति असंम्वैधानिक भन्दै एमाले अध्यक्ष ओलीले सर्वोच्चमा पठाए यस्तो जवाफ
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
कस्ताे रहला आज देशभरको मौसम ?
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
प्रतिक्रिया