युरोकप २०२० को सेमिफाइनल खेल आजदेखि, उत्कृष्ट टिम भिड्दै

काठमाडौँ । जारी १६ औं संस्करणको युरोकप फुटबलको पहिलो सेमिफाइनल खेल आज मंगलबार राति १२ः४५ बजेदेखि हुने भएको छ । आजको खेलमा इटाली र स्पेन प्रतिस्पर्धा गर्ने भएको हो ।
इंग्ल्याण्डको वेम्बली स्टेडियममा हुने खेललाई निकै प्रतिस्पर्धात्मक मानिएको छ । आजको खेल जित्दै दुवै टिम फाइन प्रवेश गर्न चाहन्छन् ।
आजको खेल जित्ने टिमले फाइनलमा इंग्ल्याण्ड वा डेनमार्कसँग प्रतिस्पर्धा गर्ने छ । इंग्ल्याण्ड र डेनमार्कबीचको दोस्रो सेमिफाइनल खेल बुधबार राति हुने छ ।
इटालीले फिफा वरियताको शीर्ष स्थानमा रहेको बेल्जियमलाई हराउँदै सेमिफाइनलमा स्पेनसँग भेट पक्का गरेको हो । क्वाटरफाइनलमा इटालीले बेल्जियमलाई २–१ गोलले हराएको थियो ।
यता, तीनपटकको च्याम्पियन स्पेनले क्वाटरफाइनलमा १० खेलाडीमा सिमित स्विट्जरल्याण्डलाई पेनाल्टी सुटआउटमा ३–१ गोल अन्तरले पराजित गरेको थियो ।
इटाली र स्पेनबीच हालसम्म ३३ खेलमा प्रतिस्पर्धा भइसकेको छ । जसमा स्पेनले १२ खेल जितेको छ भने ९ खेल इटालीले जितेको छ । बाँकी १२ खेल बराबरीमा सकिएको थियो ।
पछिल्लो १४ खेलमा इटालीले स्पेनलाई दुई पटक मात्र हराउन सकेको छ । ७ खेल बराबरी खेल्दा ५ खेलमा इटाली पराजित भएको छ ।

आयुश राठौर
मेरोन्युजकर्मी राठौर खेलकुद र कला सम्बन्धी विषयमा कलम चलाउँछन् ।

















साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
काठमाडौं महानगरले चैत १६ गतेदेखि क्यान्सरको निःशुल्क परीक्षण गर्ने
केन्द्रीय कारागारबाट भागेका एकहजार बढी कैदीबन्दी अझै फरार
वार्ताका लागि इरानले प्रस्ताव गरिरहेकाे ट्रम्पकाे दावी झुटाे : इरान
यी हुन् कांग्रेसले समानुपातिकमा सिफारिस गरेका २० जना
आयल निगमद्वारा पेट्रोलियम पदार्थको व्यापक मूल्य वृद्धी
प्रधानमन्त्रीसँग कांग्रेस सभापति थापासहित पदाधिकारीको भेट
‘धुरन्धर २’ ले रिलिजअघि नै कमायो १०० करोड, तोड्यो बाहुबलीको रेकर्ड
प्रतिक्रिया