अन्तत : फुटने भयो जसपा
जसपाका दुवै पक्ष आफ्नै अडानमा, मिलेन निर्वाचन आयोगमा कुरा
आयोग पदाधिकारीकै अगाडी जसपाका दुवै पक्षका नेताको हस्ताक्षर–‘हामी मिल्न सहमत भएनौं, आ–आफनो वाटो लाग्छौं’

काठमाडौं । जनता समाजवादी पार्टी फुटको दिशामा गएको छ । निर्वाचन आयोगले सकेसम्म मेलमिलापवाट जसपाभित्रको विवाद मिलाउन सकिन्छ की भनेर आज दुवै पक्षका नेतालाई आयोगमा वोलाएर छलफल गरेको थियो ।
तर आयोगमा भएको छलफलमा दुवै पक्षले विगतका विवादमा आत्मालोचित हुँदै एक भएर जान गरेको प्रस्तावमा उपेन्द्र यादव पक्षले सहमत हुन नसक्ने धारणा राखेपछि विवाद जहाँको त्यही अड्किएको हो । आयोगमा उपेन्द्र यादव पक्षले पार्टी आधिकारिकताका लागि निवेदन दिएका थिए । त्यसमा महन्थ पक्षले जवाफ दिएपछि आयोगले आज दुवै पक्षलाई बोलाएर छलफल गरेको हो ।
तर छलफलमा दुवै पक्ष आ – आफनो अडानमा रहे । त्यसपछि आयोग पदाधिकारीकै उपस्थितीमा दुवै पक्षले त्यही वसेको छलफलको निर्णयको माइन्यूटमा ‘हामी मिल्ने कुरामा सहमत हुन सकेनौं, आ -आफनो वाटो लाग्छौं’ भनेर हस्ताक्षर गरेर फर्किएका छन् ।
आयोगले दुवै तर्फका वढीमा ७/७ जनालाई आयोगमा वोलाएको थियो । जसअनुसार उपेन्द्र यादव, अशोक राई , राजेन्द्र श्रेष्ठ लगायत नेताहरु आयोग पुगेका थिए । अर्काे प्षवाट महन्थ ठाकुर, राजेन्द्र महतो लगायत नेता आयोग पुगेका थिए ।
जसपा एक वर्ष अगाडी मात्रै तत्कालिन राजपा र समाजवादी पार्टी मिलेर बनेको थियो । एक वर्षकै अन्तरालमा यो पार्टी फुटको वाटोमा गएको हो ।
आयोग ले गराएको छलफलमा दुवै पक्षले मिल्न सम्भव नभएको वताएपछि अव आयोगमा दुबै पक्षले आधिकारिकताका लागि दावी पेश गर्ने सहमति भएको छ । आयोगले जसपा विवाद समाधानका लागि बुधबार इजलास गठन गर्ने र दुबै पक्षले दल दर्तासम्बन्धी ऐन बमोजिम दावी पेश गर्ने सहमति जुटाएर दुवै पक्ष आयोगवाट वाहिरिएका थिए ।
जसपाको केन्द्रीय कार्याकारिणी समिति ५१ सदस्यीय थियो । जसमा उपेन्द्र –बाबुराम पक्षको बहुमत छ । तर महन्थ पक्षले पार्टीको पहिलो वरियताका अध्यक्षलाई केन्द्रीय कार्याकारिणी समिति हेरफेर गर्न सक्नेअ धिकार दिएकोले नामावली हेरफेर भईसकेको जिकिर गरेको छ ।
यद्यपी अव आयोगले दिने निर्णय निर्णायक हुनेछ ।
त्यसमा चित्त नवुझेमा चित्त नवुझेको पक्ष अदालत सम्म पनि जान पाउनेछ ।









वाग्मती करिडोलाई सुन्दर बनाउन ढल व्यवस्थापनमा जोड
एनपिएलः लुम्बिनी र कर्णालीको खेल सुरु, लुम्बिनीलाई सुरुआती झट्का
चिसोले पञ्चकुण्ड ताल जमेपछि …
नेकपा एमालेले आज काठमाडौँमा जनप्रदर्शन गर्दै
कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, महाधिवेशनबारे के गर्ला निर्णय ?
आज २०८२ साल मंसिर ४ गते बिहीबारको राशिफल
सरकारलाई ओलीकाे आग्रह : दुर्गा प्रसाईंलाई तुरुन्त रिहा गरियाेस्
यी हुन् मन्त्रिपरिषद्का २५ निर्णय
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
प्रतिक्रिया