को हुन् बलिउडका ‘ट्रयाजेडी किङ’ दीलिपकुमार ?

काठमाडौं । बलिउडका अभिनेता दिलीप कुमारको आज विहान निधन भएको छ । उनको ९८ बर्षको उमेरमा मुम्बईको खार हिन्दुजा अस्पतालमा उपचारका क्रममा निधन भएको सो अस्पताल जनाएको छ ।
लामो समयदेखि विरामी भएका दिलीप कुमार सास फेर्न समस्या भएपछि जून ३० अस्पतालमा भर्ना भएका थिए । उनको आज बुधबार विहान ७ः३० मा मृत्यु भएको भारतीय समाचार संस्थाले जनाएको छ ।
को हुन् दिलिप कुमार ?
बलिउडमा आफ्नो छुट्टै पकड जमाएका अभिनेता दिलिप कुमारको जन्म युसुफ खान डिसेम्बर १९२२ मा भारतको पेशावरमा भएको थियो तर भारत र पाकिस्तानको विभाजन पछि उक्त क्षेत्र अहिले पाकिस्तानमा पर्दछ । दिलीप कुमारको निधनको दुखद समाचार उनको परिवारका मित्र फैसल फारुकीले पौराणिक अभिनेताको आधिकारिक ट्विटर ह्यान्डलमा सार्वजनिक गरिएको थियो ।
उनले १९६६ मा सायरा बानोसँग विवाह गरेका थिए । एक साथ धेरै हिट फिल्महरूमा अभिनय गरे। कुमार अन्तिम पटक १९९८ मा एक फिल्ममा देखा परेका थिए ।
बलिउडमा ‘ट्रयाजेडी किङ’ उपनाम पाएका दीलिपकुमारले फिल्म क्षेत्रमा ६ दशक बिताएका थिए। यो अवधिमा उनले ६५ भन्दा बढी चलचित्रमा अभिनय गरेका थिए। उनको वास्तविक नाम युसुफ खान हो।
देवदास (१९५५), नयाँ दौर (१९५७), मुघल-ए-आजाम (१९६०), गंगाजमुना(१९६१), क्रान्ति (१९८१), कर्म (१९८६) लगायत फिल्ममा उनको अभिनय निकै सशक्त छ।
उनले पद्म विभुषण, पद्म भुषण र दादासाहेव फाल्के अवार्ड पाएका थिए। भारतमा मात्र होइन उनले पाकिस्तानको सबैभन्दा उच्च नागरिक सम्मान निशान-ए-इम्तियाजबाट पनि सम्मानित भएका थिए।















भारतमा जनगणना सुरु
गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा उडान विस्तारको तयारी
तलब नपाएपछि अरुण तेस्रो जलविद्युत् आयोजनाका कामदारद्वारा काम ठप्प
बर्ड फ्लू सङ्क्रमण फैलिन थालेपछि सुनसरीमा १९ हजार कुखुरा नष्ट
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
ओली र लेखकको म्याद थपबारे बहस सकियो, आदेश आउँदै
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
प्रतिक्रिया