दूरसञ्चार प्राधिकरणको करिब १५ अर्ब बजेट

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणका लागि आर्थिक वर्ष २०७८÷०७९ का लागि १४ अर्ब ६७ करोडको बजेट पारित भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले प्राधिकरणबाट पठाएको बजेटमा आवश्यक अध्ययन गरी स्वीकृति प्रदान गरेको हो । जसमा नेपालको आफ्नै स्याटेलाइटदेखि साइबर सुरक्षासम्मका परियोजनालाई प्राथामिकताका साथ राखिएको छ ।
यसअघि प्राधिकरणले आगामी आर्थिक वर्षका लागि वार्षिक कार्यक्रम तय गरी मन्त्रालयमा पठाएको थियो । त्यसमा मन्त्रालयले आवश्यक परिमार्जन गर्दै बजेट स्वीकृत गरेको प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले जानकारी दिए । प्राधिकरणले उक्त बजेटमा काम गरेर प्राधिकरण बोर्डमा प्रस्तुत गर्ने र बोर्डबाट पास भएपछि बजेट कार्यान्वयनमा जाने उनले बताए ।
प्राधिकरणले ल्याएको आगामी आर्थिक वर्षको कार्यक्रममा नेपालको आफ्नै स्याटेलाइट स्थापना गर्ने सम्बन्धमा आवश्यक ऐन, नियम तथा रणनीतिक योजना तयार गर्ने योजना रहेको प्रवक्ता पौडेलले दाबी गरे ।
दूरसञ्चार नीति, ब्रोडव्याण्ड नीति र सञ्चार तथा सूचना प्रविधि नीतिलाई एकीकृत गरी नयाँ सूचना प्रविधि नीति तयार गर्ने, ६६ जिल्लाका सम्पूर्ण सामुदायिक क्याम्पस तथा सामुदायिक आधारभूत विद्यालयमा ब्रोडब्याण्ड इन्टरनेट दूरसञ्चार प्राधिकरणको बजेट साढे १४ अर्ब बढी, नेपालको आफ्नै स्याटेलाइटदेखि साइबर सुरक्षाका परियोजना पु¥याउने लगायतका विषय समेटिएको छ ।
त्यस्तै मध्यपहाडी लोकमार्ग तथा जिल्ला सदरमुकामहरुमा पूर्व–पश्चिम जोड्ने राजमार्ग, उत्तर दक्षिण जोड्ने राजमार्गमा अप्टिकल फाइबर नेटवर्क विस्तार गर्ने, दूरसञ्चार सेवाको पहुँच नपुगेका स्थानमा सेवा विस्तार गर्ने, सहरी क्षेत्रमा अव्यवस्थित रुपमा रहेका केवल तथा तारलाई व्यवस्थित गर्ने, इन्टरनेसनल इन्टरनेट गेटवे र डोमेस्टिक नेसनल नेटवर्कहरुको साइबर सुरक्षा प्रणाली स्थापना गर्ने लगायतका विषयलाई समेटिएको छ ।
















HoR elections: Dalit community sees meager candidacies under FPTP electoral system
यस्ताे छ आज सुन चाँदीकाे मूल्य
तनहुँ, बागलुङ र पाल्पाका यी हुन् महिला उम्मेदवार
महोत्तरीमा दलभन्दा स्वतन्त्र उम्मेदवारको सङ्ख्या अधिक
एमाले अध्यक्ष ओलीले आज झापा–५ को दक्षिणी क्षेत्रका कार्यकर्तासँग अन्तरक्रिया गर्दै
मलाई भाषण होइन, काम गर्ने मुड छ : बालेन
झापा ५ मा ओली र बालेन भिड्ने पक्का
दुर्गा प्रसाईं पोखराबाट पक्राउ
रास्वपाले आशिका तामाङलाई दियो टिकट
नेकपाले टुंग्यायो सबै क्षेत्रका उम्मेदवार (सूचीसहित)
प्रतिक्रिया