व्यवसायीद्धारा आर्थिक विकासका लागि खोपको माग

काठमाडौं । नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघले नेपाल सरकारसँग कोभिड–१९ विरुद्ध खोपको माग गरेको छ । महासंघले स्वास्थ्य तथा जनसंख्या मन्त्री कृष्ण गोपाल श्रेष्ठलाई माग पत्र बुझाउँदै आर्थिक विकासका लागि आवत जावतमा सहजकता ल्याउन खोप प्राथमिकतामा परेकाले उपलब्ध गराउन ध्यानकर्षण गराएको छ ।
खोप मागका संयोजक एल. पी. सावाँ शेर्पाले नेपाल सरकारको समृद्ध नेपाल सुखी नेपाली अभियानलाई सफल बनाउन व्यवसायीको योगदान रहेकाले सहजकताका लागि खोप उपलब्ध गराउनुपर्नेमा जोड दिए ।
सहज रुपमा खोपको उपलब्धताका लागि सम्बन्धित मन्त्रालयलाई आग्रह गरेको महासंघले अग्रपंक्तिमा रहेर कार्य गर्ने स्वास्थ्यकर्मी, संचारकर्मी, सुरक्षाकर्मीलाई पहिलो प्राथमिकतामा राखेजस्तै स्थानिय, जिल्ला, प्रदेश र केन्द्रमा रहेका सम्पूर्ण उद्योगी व्यवसायीलाई खोप उपलब्ध गराईदिन माग गरेको शेर्पाले बताए ।
‘नियमित वितरण प्रणालीमा असहजता उत्पन्न हुन नदिन शीघ्र खोपको व्यवस्था मिलाई दिनुहुन एसोसिएसन अनुरोध गर्दछ,’ संयोजक शेर्पाद्धारा विज्ञप्तिमा भनिएको छ ।

















HoR elections: Dalit community sees meager candidacies under FPTP electoral system
यस्ताे छ आज सुन चाँदीकाे मूल्य
तनहुँ, बागलुङ र पाल्पाका यी हुन् महिला उम्मेदवार
महोत्तरीमा दलभन्दा स्वतन्त्र उम्मेदवारको सङ्ख्या अधिक
एमाले अध्यक्ष ओलीले आज झापा–५ को दक्षिणी क्षेत्रका कार्यकर्तासँग अन्तरक्रिया गर्दै
मलाई भाषण होइन, काम गर्ने मुड छ : बालेन
झापा ५ मा ओली र बालेन भिड्ने पक्का
दुर्गा प्रसाईं पोखराबाट पक्राउ
रास्वपाले आशिका तामाङलाई दियो टिकट
नेकपाले टुंग्यायो सबै क्षेत्रका उम्मेदवार (सूचीसहित)
प्रतिक्रिया