एएफसी यू २३ च्याम्पियनसीप छनोट, नेपाल समूह बी मा

काठमाडाैं । एएफसी यू २३ च्याम्पियनसीप छनोटमा नेपाल समूह बी मा परेको छ । एसियाली फुटबल महासङ्घ (एएफसी)ले आज सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपाल रहेको वेष्ट जोन समूहमा इरान, ताजकिस्तान र लेबनान रहेका छन् ।
समूह बी का खेल ताजकिस्तानमा सञ्चालन हुनेछन् । नेपालले पाँचौँ पटक यु–२३ छनोट प्रतियोगिता खेल्न लागेको हो । नेपाल हालसम्म छनोट चरण पार गर्न असफल भएको छ ।
एएफसी यू २३ च्याम्पियनसीप छनोट प्रतियोगिताका लागि २३ देशलाई ६ समूहमा विभाजन गरिएको छ । पाँच समूहमा चार चार तथा एउटा समूहमा तीन देश रहेका छन् ।
यस्तै इस्ट जोनमा रहेका १९ देशलाई पाँच समूहमा विभाजन गरिएको छ । छनोट चरणका खेल आगामी कात्तिक ६ देखि १४ गतेसम्म सञ्चालन हुनेछन् । एएफसी यू २३ च्याम्पियनसीप भने सन् २०२२ को जून महिनामा उज्वेकिस्तानमा आयोजना हुनेछ ।
उज्वेकिस्तान आयोजकको रुपमा सो प्रतियोगिताका लागि स्वतः छनोट भएको छ ।












गगन र विश्वप्रकाशसँग देउवाले के भने ?
स्रोत नखुलेको ५७ हजार अमेरिकी डलरसहित एकजना पक्राउ
मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
कांग्रेस विशेष महाधिवेशन सुरु
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
कांग्रेस फुट्न दिँदैनाैं, आवेग हाेइन विवेकले निर्णय गरेर सिंगो पार्टीको नेतृत्व गर्छौं : विश्वप्रकाश शर्मा
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
प्रतिक्रिया