जसपाद्वारा बिपी प्रतिष्ठानका समस्या समाधान गर्न सरकारसँग माग

काठमाडौं । जनता समाजवादी पार्टी जसपाले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको समस्याप्रति सरकार र व्यवस्थापन पक्षले देखाएको बेवास्ताले ध्यानाकर्षण भएको बताएको छ ।
आज प्रेस विज्ञप्ति जारी गर्दै जसपाले प्रतिष्ठान छिमेकी राष्ट्र भारतको सद्भाव र सहयोगको प्रतिक तथा गुणस्तरिय स्वास्थ्य सेवा र शिक्षाका लागि देशकै प्रतिष्ठित संस्थामा विगतदेखि नै समस्या देखिएको तर समाधान गर्न कुनै चासो नदिनुले देशको अन्तराष्ट्रिय प्रतिष्ठामा गम्भीर हानी पुग्ने बताएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘सरकारको गलत स्वास्थ्य शिक्षा नीति, स्वास्थ्य शिक्षा जस्तो संवेदनशिल क्षत्रमा अबन्छित राजनीतिकरण तथा दलियकरण गर्ने अभिष्टा तथा व्यवस्थापकीय असक्षमताको कारण देशकै एक अब्बल स्वास्थ्य प्रतिष्ठान चरम आर्थिक संकट, अपारदर्शिता, अविश्वास, व्यथितिले धरासयी हुने स्थितिमा पुग्दा पनि कानमा तेल हालेर बस्ने केपी शर्मा ओली सरकारको रवैया किमार्थ स्वभनीय र जिम्मेवार मान्न सकिदैन ।’
जसपाले प्रतिष्ठानमा उत्पन्न अल्पकालिन र दिर्घकालिन समस्या समाधान गर्न सरकारसँग माग गरेको छ । प्रचार विभाग प्रमुख डम्बर खतिवडाद्वारा जारी विज्ञप्तिमा प्रतिष्ठान नेतृत्वप्रति उठेको प्रश्नको उचित सम्बोधन गर्दै प्रतिष्ठानमा स्वास्थ्य सेवा मैत्री, मर्यादित वातवरण सिर्जना गर्न सरकारसँग माग गरिएको छ ।









माछा मार्न गएका ताजपुरियाको मृत्यु
काठमाडौंको कमजोर ब्याटिङ, विराटनगरले पायो १३५ रनको सामान्य लक्ष्य
चुनावमा भाग लिने कांग्रेसको निर्णय
अफ्रिकाको पहिलो जी–२० शिखर सम्मेलनः महत्त्वाकांक्षी एजेन्डा, अमेरिकाको बहिष्कार र कूटनीतिक तनावबीच सुरु
राजधानीमा एमालेको प्रदर्शन
आज २०८२ साल मंसिर ४ गते बिहीबारको राशिफल
प्रधानमन्त्री कार्कीको नियुक्ति असंम्वैधानिक भन्दै एमाले अध्यक्ष ओलीले सर्वोच्चमा पठाए यस्तो जवाफ
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
कस्ताे रहला आज देशभरको मौसम ?
लोकतान्त्रिक निकासका लागि फागुन २१ को निर्वाचन अनिवार्य छ : प्रधानमन्त्री कार्की
प्रतिक्रिया