समृद्धि युवा क्लबले थाल्यो सरसफाइ अभियान
मेरोन्यूज
२०७८ असार २६ गते २०:२०

काठमाडाैं । गौरीगंगा नगरपालिका- ६ मा रहेको समृद्धि युवा क्लबले आफ्नो गाउँ, टोल आफैं सफा राखौं भन्ने मुल उद्देश्य बोकेर वडा नं ६ को मोया टोलबाट सरसफाइ अभियान थालेको छ ।
स्थानीय बासिन्दाले निजी प्रयोजनका लागि सडक किनारमा राखिएका ढुङ्गा, बालुवा, गिट्टी , काठ दाउरा आदीको उचित व्यवस्थापन गर्न आग्रह गर्दै सडक छेउ छाउमा बाध्ने गरिएको चौपाया गाई गोरुलाई आफ्नै घर आँगन तथा अन्यत्र व्यवस्थापनका लागि आग्रह सहित सडक नाली सरसफाइ थालेको समृद्धि युवा क्लबका अध्यक्ष आशिष उपाध्यायले बताए।
वर्षायामको समयमा जोखिम हुने भन्दै सडक, नाली सरसफाइसंगै सडक छेउ छाउको रहेको झाडी हटाउने कार्य भएको अध्यक्ष उपाध्यायले बताए । सो अभियानमा वडा सदस्यद्वय टेकबहादुर कुवँर र रुपलाल राना, मोया टोल बिकास समिति अध्यक्ष वीरबहादुर शाहलगायत स्थानीयवासीको उपस्थिति थियो ।
सम्बन्धित
















तिलगङ्गा पशुपति क्षेत्रका अतिक्रमित घर भत्काइँदै
बाढीले फेरि बगायो कमला नदीको ‘डाइभर्सन’, हुलाकी राजमार्ग अवरुद्ध
अमेरिकी विशेष दूत गोर र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता
हाइस गाडीको ठक्करबाट बर्दियामा एक बालिकाको मृत्यु
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
फरार प्रतिवादी २६ वर्षपछि पक्राउ
सुनचाँदीको मूल्यमा केही गिरावट
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
प्रतिक्रिया