ब्राजिललाई हराउँदै अर्जेन्टिना कोपा अमेरिका च्याम्पियन
मेरोन्यूज
२०७८ असार २७ गते ७:५०

काठमाडौं । अर्जेन्टिनाले कोपा अमेरिका फुटबलको उपाधि जितेको छ । आइतबार बिहान भएको फाइनलमा आयोजक ब्राजिललाई १-० गोल अन्तरले पराजित गर्दै अर्जेन्टिनाले उपाधि जितेको हो । माराकाना स्टेडियममा अर्जेन्टिनालाई उपाधि दिलाउन एन्जल डी मारियाले निर्णायक गोल गरे ।

उनले खेलको २२ औं मिनेटमा गोल गर्दै टिमलाई जित दिलाए । डी मारियाले डे पाउलको पासमा गोल गरेका हुन् ।
यता, ब्राजिलको पटक पटकको आक्रमण अर्जेन्टिनाका गोलकिपर बाधक बनेका थिए । जसको कारण ब्राजिल उपाधि घरमा राख्न असफल भएको छ ।
यससँगै कप्तान लियोनल मेस्सीले अर्जेन्टिनाका लागि पहिलो अन्तराष्ट्रिय उपाधि जित्न सफल भएका छन् । सन् १९९३ पछि अर्थात २८ वर्षपछि अर्जेन्टिनाले पहिलो पटक उपाधि जितेको हो ।

कोपा अमेरिका फाइनल : पहिलो हाफमा अर्जेन्टिनालाई अग्रता
सम्बन्धित













दाङस्थित इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा रहेका एक थुनुवाको मृत्यु
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निषेध
गाजामा युद्धविरामपछि पनि इजरायली आक्रमणबाट सय भन्दा बढी बालबालिकाको मृत्यु
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
नेपालमा कन्टेन्ट खोज्ने प्रमुख प्लेटफर्मको रूपमा लोकप्रिय बन्दै टिकटक
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
कांग्रेस विशेष महाधिवेशनको कार्यविधि पारित
प्रतिक्रिया