अल्जेरियाका प्रधानमन्त्री कोरोनाभाइरसबाट संक्रमित

अल्जेरिया । अल्जेरियाका प्रधानमन्त्री अयमान बेनाब्डेराहमन कोरोनाभाइरसबाट संक्रमित भएका छन् । स्वाब परीक्षण गर्दा उनमा संक्रमण पुष्टि भएको सरकारी अधिकारीहरुले शनिबार जानकारी दिएका हुन् ।
संक्रमण पुष्टि भएपछि प्रधानमन्त्री बेनाब्डेराहमन अहिले छुट्टै बस्न थाल्नु भएको छ । उनले कोरोनाभाइरस सम्वन्धी मापदण्डहरुको पालना पनि गर्नु भएको उनको सचिवालयले जानकारी दिएको छ । घरभित्र छुट्टै बसेपनि उनले कतिपय काम भने गरेको सचिवालयद्धारा जारी वक्तव्यमा उल्लेख गरिएको छ । उनलाई संक्रमण पुष्टि भएपनि अवस्था भने सामान्य नै रहेको जनाइएको छ ।
उनलाई देशका बरिष्ठ चिकित्सकहरुको निगरानी पनि रहेको छ । बेनाब्डेराहमन यही जुन ३० तारिखमा अल्जेरियाको प्रधानमन्त्रीमा नियुक्त भएका थिए । अल्जेरियामा पछिल्ला केहीदिन देखि कोरोनाभाइरसको संक्रमण अत्यधिक बृद्धि भएको छ । अहिले दैनिक झण्डै दुई सय जनाको दरले संक्रमितहरुको सख्या बृद्धि भएको अधिकारीहरुले जानकारी दिएका छन् । रासस
















कर्मचारीले इन्धन दुरुपयोगको गरेको आरोप स्वास्थ्यमन्त्रीले लगाएपछी मन्त्रालयले भन्यो- दुरुपयोग भएको छैन
सुकुम्बासी देखी लिपुलेकसम्म यस्ता छन् कांग्रेस बैठकका ७ निर्णय
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
विश्वकै व्यस्त मानिने दुबई विमानस्थलमा यात्रुको सङ्ख्यामा ६६ प्रतिशतको गिरावट
नेपाललाई तेक्वान्दोमा चार स्वर्ण पदक
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो
वैशाख १९ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
मौसम पूर्वानुमान : केही यी स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
प्रतिक्रिया