गृहमन्त्रालयको सिफारिस विपरीत एआईजीको सरुवा

काठमाडौं । गृहमन्त्रालयले प्रस्ताब गरेको एआईजी सरुवा सुचि मन्त्रीपरिषदमा पुगेर फेरबदल भएको छ । गृहमन्त्रालयले सिफारिस गरेको सरुवा सुचिलाई फेरबद गर्दै सरकारले नेपाल प्रहरीका चार अतिरिक्त महानिरिक्षक (एआईजी)को सरुवा गर्दै विहीबार मात्र बढुवा गरेका एक जनाको पदस्थापन गरेको हो ।
महानगरीय प्रहरी कार्यालय (मेट्रो) रानीपोखरीमा एआईजी प्रधुम्न कार्कीको सरुवा भएको छ भने यसअधि मेट्रोमा कार्यरत हरिबहादुर पालको प्रहरी प्रधान कार्यालयको कार्य विभागमा सरुवा गरिएको छ ।
त्यस्तै निरजबहादुर शाहीलाई अपराध अनुसन्धान विभाग र विश्वराज पोखरेललाई प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सरुवा भएको हो। भर्खरै बढुवा भएका एआईजी सहकुलबहादुर थापालाई मानव श्रोत तथा प्रशासन विभागमा पदस्थापन गरिएको छ ।
सरुवासुचि
सहकुल थापाको पदस्थापन
यसअघि गृह मन्त्रालयले भने एआईजीहरुमा थापालाई अपराध अनुसन्धान विभागमा पदस्थापनको प्रस्ताव गरेको थियो। यस्तै, महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुखमा शाही मानव श्रोत तथा प्रशासन विभागमा पोखरेल र कार्य विभागमा कार्कीलाई प्रस्ताव गरिको थियो।
गृहले सरुवा सिफारिस गरेको प्रस्तावमा असन्तुष्ट भएका केही एआईजीहरुले मन्त्रिपरिषदमा नै आफ्नो हेरफेर गरेर सरुवा गराउन सफल भएकाे छ ।
सरुवापुर्व मेट्रोको जिम्मेवारी सम्हालेका एआईजी हरी बहादुर पाललाई नियम विपरीत ७ महिनामा नै सरुवा गरिएको छ । प्रहरी अधिकारीको सरुवा अवधि सामान्यतया एक वर्ष हुने गर्छ । सोही सरुवाको विषयलाई लिएर आईजीपी शैलेश थापा क्षेत्री र एआईजी पालबिच तितक्ता पैदा भएको स्रोतले जनाएको छ ।
















अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
खारेज भयो निजामती कर्मचारीको ट्रेड युनियन
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
‘होल्डिङ सेन्टर’का बालबालिकालाई निःशुल्क शिक्षा उपलब्ध गराउन आग्रह
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कति ?
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
देशका अधिकांश भागमा मेघगर्जनसहित वर्षाको सम्भावना
प्रतिक्रिया