प्रतिनिधि सभा विघटनसम्वन्धी मुद्धाको फैसला आज

काठमाडौं । प्रतिनिधि सभा विघटनबिरुद्ध परेको मुद्दाको फैसला आज हुँदै छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवि भण्डारीले गत जेठ ७ गते राती प्रतिनिधि सभा विघटन गरेकी थिइन् ।
उनले संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री पदमा दाबी गर्न गएका प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवा दुवैको दाबी खारेज गरिन् । सो रात प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति भण्डारीले दोस्रोपटक प्रतिनिधि सभा विघटन गरेकी थिइन् ।
सर्वोच्च अदालतको संवैधानिक इजलासमा विघटन बिरुद्धको रिटमाथि असार ९ गतेबाट सुरु भएको सुनुवाई असार २१ गते सकिएको थियो । जेठ ११ गते प्रतिनिधि सभा विघटनको विरुद्ध कांग्रेस सभापति शेरबहादुर देउवा सहितको ३० वटा रिट दर्ता भएको थियो ।
विपक्षी गठबन्धनका नेता देउवासहित १ सय ४६ जना सांसदले संसद पुनः स्थापना गरेर देउवालाई प्रधानमन्त्री घोषण गर्न माग गरेका छन् । चारवटा रिटमा प्रधानमन्त्रीमा केपी शर्मा ओलीलाई नै नियुक्त गर्नुपर्ने माग गरिएको छ ।
सरोकारवाला कांग्रेस सभापति देउवाको रिटमा सुनुवाई सकेर संवैधानिक इजलासले आज फैसला गर्न लागेको हो । प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराको नेतृत्वमा न्यायाधीशहरु न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईले मुद्धाको सुनुवाई गरेका थिए ।
सोही रिटको आधारमा बाँकी २९ वटा रिटमा पनि फैसला गर्ने सर्वोच्चले जनाएको छ ।
















सुकुम्बासी देखी लिपुलेकसम्म यस्ता छन् कांग्रेस बैठकका ७ निर्णय
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
विश्वकै व्यस्त मानिने दुबई विमानस्थलमा यात्रुको सङ्ख्यामा ६६ प्रतिशतको गिरावट
नेपाललाई तेक्वान्दोमा चार स्वर्ण पदक
शेखर गोल्छालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो
पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
वैशाख १९ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
मौसम पूर्वानुमान : केही यी स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना
प्रतिक्रिया