सुर्य थापाको स्टाटसप्रति माधव नेपालको आपत्ति

काठमाडौं । नेकपा एमालेको आन्तरिक विवाद समाधान गरी एकता गर्न कार्यदल स्तरमा भएको सहमतिलाई प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सुर्य थापाले गरेको व्याख्याप्रति बरिष्ठ नेता माधव कुमार नेपालले आपत्ति जनाएका छन् ।
थापाको फेसबुक स्टाटस सहमति गर्दा भएको छलफलको मर्म विपरित भएको नेता नेपालको भनाई छ ।
उनले सामाजिक सञ्जाल फेसबुकमा नै थापाको स्टाटसप्रति आपत्ति जनाएका हुन् । उनले सहमतिलाई गलत व्याख्या नगर्न पनि आग्रह गरेका छन् । थापाले हिजो शेरबहादुर देउवाको साथमा निवर्तमान प्रतिनिधि सभाका सदस्यहरू अब १४६-२३ = १२३ मात्र सर्वोच्चद्वारा न परमादेश न पुनःस्थापना! मच्चियो मच्चियो जेठो नराम्ररी थच्चियो !! जय नेपाल !!! भनेर लेखेका थिए ।
सोही भनाईको नेता नेपालले खण्डन गरेका हुन् । उनको खण्डन यस्तो छ ।
हिजो राती नेकपा (एमाले)को आन्तरिक एकता सम्बन्धमा कार्यदल स्तरमा भएको सहमति र त्यसलाई व्याख्या गर्ने सन्दर्भमा प्रधानमन्त्री तथा पार्टी अध्यक्षका प्रेस सल्लाहकारको फेसबुक स्टाटस सहमति गर्दा भएको छलफलको मर्म विपरित छ । यो व्याख्या गलत र अस्वीकार्य छ । अदालतमा विचाराधिन मुद्दालाई प्रभावित पार्ने वा अदालतको मानहानी गर्ने गरी गरिएको वा गरिने व्याख्या मान्य नहुने कुरा स्पष्ट पार्दै सर्वोच्च अदालतमा विचाराधिन मुद्दामा निवेदक रहेका नेकपा (एमाले)का २३ जना सांसदहरू सबै एकसाथ रहेको र आफ्नो मान्यता र हस्ताक्षर मा दृढ रहेको कुरा स्पष्ट पार्दछु । २८ असार, २०७८
















स्वास्थ्य मन्त्रालयका १९३ पदाधिकारी पदमुक्त
१९ जिल्लामा हुलाकको घरमै सेवा : राहदानी, लाइसेन्स, शैक्षिक प्रमाणपत्रलगायत कागजात ढुवानी
पाठ्यक्रम समयसापेक्ष पुनरावलोकनका लागि कार्यदल गठन
राष्ट्रपतिद्वारा संसद्का दुवै सदनको अधिवेशन आह्वान
चिकित्सक संघको अध्यक्षमा डा बद्री रिजाल
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
प्रतिक्रिया