सर्वोच्चको फैसला असंवैधानिक : महेश बस्नेत

काठमाडौँ । नेकपा एमालेका युवा नेता महेश बस्नेतले इतिहासमा आजको दिन सर्वोच्च अदालत चुकेको बताएका छन् । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमाथि फैसला गर्दै पुनस्र्थापना गर्न आदेश दिएसँगै उनले यस्तो प्रतिक्रिया दिएको हो ।
अदालतको फैसलालाई असंवैधानिक भन्दै उनले तुरुन्त माइतीघर मण्डलामा जम्मा भएर सर्वोच्च अदालतको फैसलाविरुद्ध विरोध गर्न आह्वान गरेका छन् ।
‘आजको दिन नेपालको इतिहासमा सर्वोच्च अदालत चुकेको दिन, निर्दलीय शाषण व्यवस्थाको पुनः बिजारोपन भएको दिन, व्यवस्थापिका र कार्यपालिकाको अधिकार न्यायपालिकाको नाउमा सेटिङवाला केही न्याय मूर्तीका नामधारीहरूले हातमा लिएको क्षण, अब देश राजनैतिक द्वन्दमा प्रवेश गरेको छ,’ उनले भने ।
युवा संघले सर्वोच्चको फैसलाविरुद्ध गर्दै देशभर आन्दोलन गर्ने नेता बस्नेतले उद्घोष गरेका छन् । उनले भने, ‘जो जहाँ छौँ, सहभागी बनौँ । देशभर विरोध प्रदशन गरौँ ।’









नाइजेरियाको विद्यालयमा बन्दुकधारीद्वारा आक्रमण, ३१५ जना अपहरित
दुई थान पेस्तोलसहित एकजना पक्राउ
दुहबीको जुट मिलमा आगलागी
पार्टी एकताका विषयमा छलफल गर्न नेसपा बैठक सुरु
एनपिएलः विराटनगर किंग्सकाे लगातार दोस्रो जित
आज २०८२ साल मंसिर ४ गते बिहीबारको राशिफल
प्रधानमन्त्री कार्कीको नियुक्ति असंम्वैधानिक भन्दै एमाले अध्यक्ष ओलीले सर्वोच्चमा पठाए यस्तो जवाफ
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
कस्ताे रहला आज देशभरको मौसम ?
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
प्रतिक्रिया