राजस्व छलेको अभियोगमा तीन लाख जरिवाना

परासी । राजस्व छलेको अभियोगमा यहाँका एक व्यवसायीलाई रु तीन लाख जरिवाना भएको छ । रामग्राम नगरपालिका—१६ हकुईस्थित विष्णु जनरल स्टोर्सले स्वीकृति बिना नै सूर्तिजन्य पदार्थ बिक्री गरी राजस्व छलेको पाइएपछि जिल्ला प्रशासन कार्यालय नवलपरासी(बर्दघाट सुस्ता पश्चिम) ले सो जरिवाना गरेको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी जोरासिंह माझीे नेतृत्वको संयुक्त बजार अनुगमन समितिले आइतबार साँझ बजार अनुगमन गर्ने क्रममा उक्त पसलले अनुमति नलिई वस्तु बिक्री गरेको पाइएपछि जरिवाना गरेको बताइएको छ । स्वीकृति बिना नै बिक्रीका लागि राखिएका सुर्तिजन्य पदार्थ र म्याद गुज्रेका वस्तु अनुगमन टोलीले जफत गरी नष्ट गर्ने क्रममा व्यवसायी र आफन्तले अनुगमन समितिलाई घेराउ गरी अवरोध समेत गरेका थिए ।
उक्त पसलका सञ्चालकले खाद्यान्न, पेयपदार्थ र सूर्तिजन्य पदार्थको बिक्री वितरणका लागि तीन वटा छुट्टा छुट्टै फर्म दर्ता गरेपनि अनुमति लिएको फर्मभन्दा अन्य फर्मबाट सूर्तिजन्य पदार्थ बिक्री गरेको पाइएको थियो । टोलीले रामग्राम—१० को मन्झरिया, नदवा र रामग्राम—१६ हकुईका किराना, कपडा, हार्डवेयर, होटल, मिठाई पसललगायत विभिन्न २२ पसलको अनुगमन गरेको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख नेत्रप्रसाद भुसालले जानकारी दिए ।
त्यसक्रममा भेटिएका अखाद्य पदार्थ, म्याद गुज्रेका तथा लेभल नभएका वस्तु जफत गरी नष्ट गरिएको थियो । अधिकांश पसल दर्ता बिना नै सञ्चालनमा रहेको, साइनबोर्ड र मूल्य सूचि नभएको, खुद्रा व्यवसाय दर्ता गरी थोक बिक्री गरिरहेको, बील प्रयोग नगरेको, मिठाई पसलमा सरसफाइको अभाव रहेको भेटिएकाले तीनदेखि सात दिनसम्मको म्याद दिएर सुधारका लागि सचेत गराइएको उनले बताए । अनुगमनमा उद्योग वाणिज्य सङ्घ, उपभोक्ता हित संरक्षण मञ्चका प्रतिनिधि, पत्रकार, सुरक्षाकर्मी लगायतको पनि सहभागिता थियो ।
















हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध
निर्वाचनको बेला कार्यकर्ताको मनोबल खस्किने अभिव्यक्ति नदिन ओलीलाई पाण्डेको जवाफ
निर्वाचन प्रहरी भर्नाः बागलुङमा तेस्रो पटक म्याद थप्दा पनि मागअनुसार आवेदन परेन
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
टी–२० विश्वकपका खेलस्थल सार्न बङ्गलादेशको अनुरोध आईसीसीद्वारा अस्वीकार
पर्सा–३ मा एमालेका रूपेश पाण्डेद्वारा उम्मेदवारी दर्ता
रुकुम पूर्वका जनताको भावना बुझेर यहाँकाे उम्मेदवार बनेको हुँ : प्रचण्ड
यी हुन् उज्यालो नेपाल पार्टीका उम्मेदवार (सूची)
महिला विश्वकप ग्लोबल छनोट : नेपालकाे लगातार दोस्रो हार
प्रतिक्रिया