देवकान्त पन्तको ८५ औं जन्मजयन्ती मनाइयाे

धनगढी । डोटेली लोक साहित्यका अन्वेषक साहित्यकार एवं संस्कृतिबिद स्वर्गीय देवकान्त पन्तको ८५औं जन्म जयन्ती कार्यक्रम धनगढीमा सम्पन्न भएको छ । हाम्रो संस्कृति हाम्रो पहिचान नेपालको आयोजनामा संस्थाका अध्यक्ष सुरत रावत (डोटेली कान्छा) को सभापतित्वमा भएकोमा कार्यक्रममा वरिष्ठ डेउडा गायक प्राज्ञ नरेन्द्रराज रेग्मी प्रमुख अतिथि रहेका थिए ।
कार्यक्रममा सुप साहित्य समाजका उपाध्यक्ष तीर्थराज पाण्डेय, दलित साहित्य सोपानका अध्यक्ष गणेश नेपाली ,डेउडा प्रतिष्ठानका सचिव भवानी रेग्मी , नेपाल स्वास्थ्यकर्मी संघका डम्बर पुजारा लगायतको उपस्थिति थियो । कार्यक्रममा सहभागी अधिकांश बक्ताले नेपाली साहित्यका एक नक्षत्र स्वर्गीय देवकान्त पन्तले आज भन्दा ३ दशक पहिले डोटेली लोक साहित्यको खोज अनुसन्धानको श्रीवृद्धि गरेकाे उल्लेख गर्दै संस्कृतिविद् पन्तको योगदान उच्च प्रशंसा गरेका थिए ।
















आयोगमा ३ जना समानुपातिक उम्मेदवारविरुद्ध उजुरी
निर्वाचन आयोगले सार्वजनिक गर्याे उम्मेदवारको वैयक्तिक विवरण
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँः संयोजक दाहाल
वाणिज्य बैंकको निष्क्रिय कर्जा ४.५५ प्रतिशत
पूजाको अर्धशतकमा नेपालले जिम्बाबेलाई हरायो,सुपर- ६ मा पुग्ने सम्भावना
टी–२० विश्वकपका खेलस्थल सार्न बङ्गलादेशको अनुरोध आईसीसीद्वारा अस्वीकार
महिला विश्वकप ग्लोबल छनोट : नेपालकाे लगातार दोस्रो हार
महिला टी–२० विश्वकप ग्लोबल छनोट : लगातार तेस्रो जितसँगै बंगलादेश सुपर सिक्समा
यस वर्षको एसईई परीक्षा चैत १९ गतेदेखि
प्रतिक्रिया