श्रमिकको न्यूनतम पारिश्रमिक कार्यान्वयन गरिने
मेरोन्यूज
२०७८ असार २८ गते २१:५२
काठमाडाैं । राष्ट्रिय समावेशी आयोगले श्रमसँग सम्बन्धित ट्रेड युनियनसँग छलफल गरेको छ । आयोगमा आज आयोजित कार्यक्रममा अध्यक्ष डा रामकृष्ण तिमल्सिनाले विधिशास्त्रको विकासका लागि असल श्रम अभ्यास गर्दै न्यूनतम पारिश्रमिकको पुनर्विचार गर्नुपर्नेमा जोड दिए ।
सबै स्थानीय तहले श्रमसँग सम्बन्धित तथ्याङ्क तयार पारेर राख्नुपर्ने उहाँले बताउनुभएको आयोगका प्रवक्ता पुष्कर भट्टराईले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ । श्रमको विवाद निराकरण गर्न श्रम अदालतको क्षेत्राधिकार पुनरावलोकन गरी उच्च अदालतमा श्रम इजलास राख्नुपर्ने अध्यक्ष तिमल्सिेनाको भनाइ थियो ।
आयोगका सदस्य हरिदत्त जोशीले सरकारले जारी गरेको न्यूनतम बेतन कार्यान्वयन गर्न कडाइ गरिनुपर्ने बताए । छलफलमा ट्रेड युनियन संस्थाका प्रतिनिधिको सहभागिता थियो ।

सम्बन्धित
















हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध
निर्वाचनको बेला कार्यकर्ताको मनोबल खस्किने अभिव्यक्ति नदिन ओलीलाई पाण्डेको जवाफ
निर्वाचन प्रहरी भर्नाः बागलुङमा तेस्रो पटक म्याद थप्दा पनि मागअनुसार आवेदन परेन
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
टी–२० विश्वकपका खेलस्थल सार्न बङ्गलादेशको अनुरोध आईसीसीद्वारा अस्वीकार
पर्सा–३ मा एमालेका रूपेश पाण्डेद्वारा उम्मेदवारी दर्ता
रुकुम पूर्वका जनताको भावना बुझेर यहाँकाे उम्मेदवार बनेको हुँ : प्रचण्ड
यी हुन् उज्यालो नेपाल पार्टीका उम्मेदवार (सूची)
महिला विश्वकप ग्लोबल छनोट : नेपालकाे लगातार दोस्रो हार
प्रतिक्रिया