शनिबार, मंसिर ६, २०८२

टुंग्यायो माओवादी केन्द्रले दुई जना मन्त्रीको नाम

पम्फालाई ऊर्जा र जर्नादनलाई अर्थमन्त्रालयको जिम्मेवारी

मेरोन्यूज २०७८ असार २९ गते १७:४१

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले सरकारमा पहिलो चरणमा जाने मन्त्रीहरुको नाम टुंग्गो लगाएको छ । पहिलो चरणमा सानो आकारको मन्त्रिमण्डल बनाउने गरी प्रधानमन्त्रीमा नियुक्त भएका शेरबहादुर देउवाले तयारी गरेपछि माओवादी केन्द्रले दुई मन्त्रीको नाम टुंग्गो लगाएको हो ।

जसअनुसार पम्फा भुसालले ऊर्जा, जलस्राेत तथा सिँचाइ मन्त्रालयकाे जिम्मेवारी सम्हाल्ने छिन् । त्यस्तै, जर्नादन शर्माले अर्थमन्त्रालयको जिम्मेवारी सम्हाल्ने भएका छन् । प्रधानमन्त्रीको शपथ अहिले साँझ ६ बजे राष्ट्रपति कार्यालय शीतल निवासमा हुनेछ । त्यसलगत्तै मन्त्रीहरूको पनि शपथ हुनेछ ।

प्रतिक्रिया