नर्भिक हस्पिटलले सर्वसाधारणमा शेयर जारी गर्ने

काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटल प्राइभेट कम्पनीबाट सार्वजनिक कम्पनीमा रुपान्तरण भएको छ । नर्भिक अस्पतालले हालै आफूलाई प्राइभेट कम्पनीबाट सार्वजनिकमा रुपान्तरण गरेको हो ।
नेपालमा निजी क्षेत्रबाट स्तरीय स्वास्थ्य सेवाको जग बसालेको नर्भिकले भविष्यमा आफ्नो सेवालाई विस्तार गर्ने र यो कार्यमा जनसहभागितालाई समेत सुनिश्चित गर्ने अवधारणाअन्तर्गत आफूलाई प्राइभेट कम्पनीबाट पब्लिक लिमिटेडमा रुपान्तरण गरेको जनाएको छ ।
योसँगै नर्भिकको नाम ‘नर्भिक इन्टरनेशनल हस्पिटल एण्ड मेडिकल कलेज लिमिटेड’ भएको छ । पब्लिक लिमिटेडमा रुपान्तरण भएसँगै नर्भिकले भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) जारी गर्ने तयारी गरेको छ ।
नर्भिक अस्पताल नेपालको सेयर बजारमा सूचीकृत हुने पहिलो अस्पताल तथा मेडिकल कलेज बन्ने गरी काम अगाडि बढेको अस्पतालका महाप्रबन्धक मेघा चौधरीले जानकारी दिइन् ।
















कर्मचारीले इन्धन दुरुपयोगको गरेको आरोप स्वास्थ्यमन्त्रीले लगाएपछी मन्त्रालयले भन्यो- दुरुपयोग भएको छैन
सुकुम्बासी देखी लिपुलेकसम्म यस्ता छन् कांग्रेस बैठकका ७ निर्णय
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
विश्वकै व्यस्त मानिने दुबई विमानस्थलमा यात्रुको सङ्ख्यामा ६६ प्रतिशतको गिरावट
नेपाललाई तेक्वान्दोमा चार स्वर्ण पदक
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो
वैशाख १९ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
मौसम पूर्वानुमान : केही यी स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
प्रतिक्रिया