आजको राशिफलः तपाईंको शुभ/अशुभ थाहा पाउनुहोस

काठमाडौं । आज २०७८ साल आषाढ महिनाको ३० गते बुधबार, आषाढ शुक्लपक्षको चतुर्थी तिथि, उप्रान्त पञ्चमी तिथि रहेको छ । अब लागौं आजको राशिफलतर्फ ।
मेष
पारीवारिक जीवनमा झैझगडाको अवस्था आउने छ । शारीरिक कमजोरीले सताउने हुँदा मनोबलमा कमि गराउने छ । पेशागत क्षेत्रमा स्थिरता प्राप्त हुने छ । कमाईमा पनि बृद्धि हुन जाने छ । चतुर खाले व्यक्ति हुने छ । बाणिमा अस्वाभाविक कडापन देखा पर्ने भएकाले सतर्क रहनु होला ।
वृष
रिस नियन्त्रण गर्ने प्रयास गर्नु पर्ने देखिन्छ । सुख सुविधा प्राप्तिका लागि अग्रसत हुने उत्साह जाग्ने छ । पेशागत क्षेत्रबाट फाइदा प्राप्त हुने छ । व्यावसायिक जगतमा रहेकाहरुलाई पनि फाइदा हुने समय रहेको छ । साझेदारीमा गरिएका काममा भने असमझदारी देखा पर्न जाने छ ।
मिथुन
बाठो तथा आत्माबलले भरिएको दृढ खालको व्यक्तित्व बन्ने छ । बोलीको प्रभावले गर्दा आँटेका कामहरु बन्ने छन् । पेशागत क्षेत्रमा स्थिरता उत्पन्न हुने छ । व्यावसायमा संलग्नहरुलाई पनि फाइदा मिल्ने समय रहेको छ । परिवारमा भने असमझदारी उत्पन्न हुन जाने छ ।
कर्कट
समय संयमित भई धैर्य भएर कदम चाल्नु पर्ने खालको छ । मनोबलको कमि हुने छ । शारीरिक रुपमा पनि कमजोरीहरु देखा पर्ने छन् । पेशागत जीवनमा अवरोधहरु धेरै आइ पर्ने छन् । भाग्यको साथ नभएकाले धेरै जोखिमपूर्ण कदमहरुमा नजानु नै उपयुक्त हुने छ ।
सिंह
धेरै उत्साही र धेरै नैराश्य बनि कदम चाल्ने बेला भन्दा औसत गति लिँदा उपयुक्त हुने छ । पेशागत क्षेत्रमा उचारचढावको अवस्था आउने भएकाले धेरै जोखिपूर्ण कदममा नजानु ठिक हुने छ । घर, घडेरी तथा गाडि, बाहन बेच्नु पर्ने वा यसबाट नोक्सानी हुने समय रहेकाले संयमित रहनु होला ।
कन्या
प्रभावकारी बोली हुने छ । मनमा दुविधाका क्रम धेरै देखा पर्दा निर्णय क्षमतामा भने गिरावट आउने छ । भाग्यको बलियो साथ रहेकाले पेशागत जीवन स्थिर रहने छ । कमाईमा पनि केही बृद्धि नै हुन पुग्ने छ । पेशाप्रति समर्पित भई काम गर्न मन लाग्ने छ ।
तुला
शारीरिक र मानसिक थकान धेरै देखा पर्ने छ । पेशागत क्षेत्रबाट आम्दानीमा हल्का बृद्धि हुन पुग्ने छ । तर पेशागत जीवन अस्थिर रहने चुनौति देखा परेको छ । धेरै जोखिम मोलेर कदमहरु चाल्नु भन्दा प्राप्त अवस्थालाई परिचालन गरि अघि बढ्न खोज्नु उपयुक्त हुने छ ।
वृश्चिक
बोली प्रभावहिन हुन पुग्ने छ । स–सानो विषयलाई पनि धेरै संवेदनशिल दृष्टिबाट लिने हुनाले छिट्टो निराशाका भावहरु मनमा देखा पर्ने छन् । भाग्यका कारण पेशागत क्षेत्रमा शुभ हुन खोजेता पनि बढि उत्साही हुने बेला छैन् । पेशागत क्षेत्रमा धेरै जोखिमले भरिएका कदमहरु नचाल्दा उपयुक्त हुने देखिन्छ ।
धनु
शारीरिक कमजोरीले पेल्ने छ । जसले गर्दा मनोबलमा कमि आउने छ । जीवनसाथिको सल्लाहमा अघि बढेमा केही मिल्ने छ । पेशागत क्षेत्रमा धेरै जोखिमपूर्ण कदमहरु चाल्नु भन्दा वर्तमानमा भइ आएका कार्यहरुलाई निरन्तरता दिँदा उपयुक्त हुने छ । साझेदारीमा गरिएका कामहरुबाट भने लाभ प्राप्त हुने छ ।
मकर
रिस नियन्त्रणमा ध्यान दिनु होला । झै–झगडामा संलग्न हुने वा हुनु पर्ने समय सक्रिय रहेकाले संयमित रहनु नै उपयुक्त हुने छ । पेशागत जीवन स्थिर रहने छ । मनमा निराशाका भावले सताउँदा दुविधाका मात्रा बढ्ने छन् । बाहिरबाट हेर्दा अरुले आँटिलो खालको व्यक्तित्व अभाषा भने गर्ने छन् ।
कुम्भ
बौद्धिक व्यक्तित्वमा बृद्धि हुने छ तर प्रतिष्पर्धात्मक क्षमतामा भने गिरावट आउने छ । पेशागत र व्यावसायिक जीवनमा धेरै जोखिम भन्दा निरन्तरतामा ध्यान दिँदा उपयुक्त हुने छ । विदेश यात्राका विषय स्पष्ट बन्दै जाने छन् । आम्दानीमा बृद्धि हुने छ भने पैतृक सम्पत्तिबाट आडभरोसा प्राप्त हुने छ ।
मीन
बोली प्रभावकारी बन्ने छ, यसले कार्य सफलतामा सहयोगी बन्ने छ । मनमा दुविधाहरुका क्रम धेरै रहने छ । आम्दानीमा केही बृद्धि हुने छ । पेशागत क्षेत्रमा गुमाउनु पर्ने अवस्था रहेकाले सतर्क रहनु होला । धेरै जोखिमपूर्ण कदमहरु भन्दा निरन्तरतामा जाँदा ठिक हुने छ ।

ज्यो. दिवाकर पन्त
ज्यो. पन्त ज्योतिषी, वास्तु, रत्न एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८१३६३७२३८
















कर्मचारीले इन्धन दुरुपयोगको गरेको आरोप स्वास्थ्यमन्त्रीले लगाएपछी मन्त्रालयले भन्यो- दुरुपयोग भएको छैन
सुकुम्बासी देखी लिपुलेकसम्म यस्ता छन् कांग्रेस बैठकका ७ निर्णय
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
विश्वकै व्यस्त मानिने दुबई विमानस्थलमा यात्रुको सङ्ख्यामा ६६ प्रतिशतको गिरावट
नेपाललाई तेक्वान्दोमा चार स्वर्ण पदक
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
वैशाख १९ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो
मौसम पूर्वानुमान : केही यी स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
प्रतिक्रिया