मंगलबार, चैत २४, २०८२

कस्ता व्यक्तिले कोरोनाविरुद्धको खोप नलगाउने ?

मेरोन्यूज २०७८ असार ३१ गते ६:३९


काठमाडौं । अझै पनि कोरोना विरुद्धको खोप कसले लगाउने र कसले नलगाउने भन्ने अन्योल छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोपको पहिलो मात्रा लगाएपछि एनाफाइलेक्सिस् प्रतिक्रिया (गम्भीर एलर्जी),पहिला अन्य कुनै खोप, सुई, औषधि वा खानेकुराबाट गम्भीर प्रकारको प्रतिक्रिया भएको व्यक्तिले, १८ वर्षभन्दा कम उमेरका व्यक्ति,यो खोपको कुनै तत्वबाट गम्भीर प्रकारको प्रतिक्रिया वा एनाफाइलेक्सिस् भएको व्यक्ति र हाल गम्भीर बिरामी भएको वा उच्च ज्वरो आएको व्यक्तिले निको नहुन्जेलसम्म खोप लिन नमिल्ने जनाएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

मन्त्रालयका अनुसार कोभिड १९ को लागि मोनोक्लोनल एन्टीबडी वा कन्भाल्सेन्ट प्लाज्मा थेरापी उपचार विधि अपनाएका व्यक्तिले ९० दिन पछि र कोरोना संक्रमितले संक्रमणमुक्त भएको ३० दिनपछि मात्र खोप लगाउन मिल्नेछ ।

यसैगरी, माथीको अवस्था भएका व्यक्ति बाहेक बाँकी सबै व्यक्तिले आफ्नो पालो आउँदा खोप लगाउँन सक्ने छन् । भने खोप लगाउनु अघि आफ्नो रोग र आफुले सेवन गरिरहेको औषधिबारे स्वास्थ्यकर्मीलाई जानकारी समेत गराउँन मन्त्रालयले आग्रह गरेको छ ।

प्रतिक्रिया