देशव्यापी खुला कविता प्रतियोगितामा प्रथम बनिन् सेलिया
काठमाडौं । परिवर्तनका हातहरू (एचओसी)ले विद्यार्थीका लागि आयोजना गरेको देशव्यापी खुला कविता प्रतियोगितामा दमककी सेलिया श्रेष्ठ प्रथम भएकी छन् ।
सप्तरङ्गी एफएमको बाल मञ्जरी कार्यक्रमकी प्रस्तोता श्रेष्ठको प्रतियोगितामा ‘एउटै छ माटोको रङ’ शीर्षकको कविता उत्कृष्ट छनोट भएको हो । देशभरिबाट प्राप्त २८ वटा कवितामध्ये श्रेष्ठले वाचन गरेको कविता उत्कृष्ट ठहरिएको हो । विद्यार्थीले आफूले वाचन गरेका कविताको भिडियो आयोजकलाई पठाएका थिए ।
प्राप्त कवितालाई निर्णायकले सुनेर विजेता छनोट गरेका हुन् । प्रतियोगितामा काठमाडौँकी प्रविज्ञा नेपाल द्वितीय, मोरङको रतुवामाइकी शर्मिला चौलागाईं तृतीय र बुटवलका रोशन घिमिरे र मोरङका दीपेन्द्र बराइलीले चौथो स्थान प्राप्त गरे ।
जुममार्फत भएको प्रतियोगिताको निर्णायकमा कवि एवं पत्रकार मीनकुमार नवोदित र साहित्यकार चूडामणि नेपाल ‘अकिञ्चन’ रहेका थिए ।












आज २०८२ साल पुस २९ गते मंगलबारको राशिफल
आज कुन विदेशी मुद्राको विनिमयदर कति ?
खासा क्षेत्रको वनमा भीषण डढेलो लागेपछि तातोपानी नाका बन्द
६५ ले दिए समानुपातिक उम्मेदवारी फिर्ताको निवेदन
निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा
भद्रपुरमा इन्डो–नेपाल टी–२० क्रिक्रेट च्याम्पियनसिप
रास्वपासँग एकता भाँडिएसँगै उज्यालो नेपाल पार्टीको अध्यक्ष बने कुलमान
एमाले केन्द्रीय कमिटी बैठक बस्दै, निर्वाचन तयारीबारे छलफल गर्ने
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
प्रतिक्रिया