नेपाली राष्ट्रिय महिला फुटबलर सावित्राको घुँडाको सफल शल्यक्रिया
मेरोन्यूज
२०७८ असार ३१ गते २१:५३

काठमाडाैं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी खेलाडी सावित्रा भण्डारीको घुँडाको सफल शल्यक्रिया गरिएको छ । कतारको दोहास्थित अप्सेटर अस्पतालमा आज उहाँको घुँडाको शल्यक्रिया गरिएको हो ।
भण्डारीको उपचारमा कतार फुटबल सङ्घले सहयोग गरेको अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ । गत वर्ष महिला राष्ट्रिय लिगअन्तर्गत नेपाल पुलिस क्लबविरुद्धको खेलमा उनलाई चोट लागेको थियो ।
दश दिनको क्वारेन्टिनपछि उनी यसैसाता उपचारका लागि अस्पताल भर्ना भएकी थिइन् । भण्डारी सशस्त्र प्रहरी बलको एपीएफ क्लबमा आबद्ध छिन् ।
सो लिगमा उनले १० खेलमा ४३ गोल गरेकी थिइन् । यसअघि एन्फाको पहलमा राष्ट्रिय पुरुष फुटबल टोलीका खेलाडी विक्रम लामा र विमल घर्तीमगरको पनि कतारमै उपचार गरिएको थियो ।
सम्बन्धित

















जुम्लामा १ हजार २७७ किशोरीलाई एचपिभी खोप दिने
चितवनमा रगतको चरम अभाव, रेडक्रसद्वारा रक्तदान गर्न आह्वान
सूर्य नेपाल वेस्टर्न ओपन सुरू: पहिलो दिन ५ गल्फर शीर्षस्थानमा
एमएडब्लू वृद्धिको मेगा एक्सचेन्ज चैत १२–१४ मा
‘फोर्थिङ एक्सचेञ्ज फेस्ट’ आयोजना हुँदै, ७ लाखसम्मको विशेष सुविधा
सुर्खेतमा दुई छोराछोरीसहित आमा सम्पर्कविहीन, भेरी किनारमा भेटियो मोबाइल र झोला
रास्वपाकाे सांसद अभिमुखीकरण कार्यक्रममा मोबाइल निषेध, आफन्त पनि प्रतिबन्ध
‘धुरन्धर २’ ले रिलिजअघि नै कमायो १०० करोड, तोड्यो बाहुबलीको रेकर्ड
अब राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बीमा सेवा
एनआरएनए विश्व सम्मेलनको घोषणापत्रः लगानी, श्रमिक सुरक्षा र एकतामा जोड
प्रतिक्रिया