दुई हप्तादेखि हराएकी सापकोटा नदी किनारतर्फ जाँदै, सिसिटिभीले देखायो फुटेज

काठमाडौँ । गत असार १४ गतेदेखि हराएकी विना सापकोटा नारायणी नदी किनारतर्फ जाँदै गरेको सिसिटिभीमा देखिएको छ । नारायणगढस्थित नारायणी किनार नजिकैको एक पसलले राखेको सिसिटिभी क्यामेराको रेकर्डमा सापकोटालाई नदी किनारतर्फ जाँदै गरेको भेटिएको हो ।
उनलाई राति ८ बजेर ४१ मिनेटमा नारायणी नदीको किनारतर्फ जाँदै गरेको फुटेज भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । असार १४ गते नवलपुरको गैँडाकोटस्थित घरबाट प्रेमी प्रवेश कँडेलसँग भरतपुरतर्फ निस्किएकी सापकोटा सोही दिनदेखि हराइरहेकी थिइन् ।
बाबु जयश्वरले दिएको जाहेरीका आधारमा प्रेमी प्रवेशलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको चितवन प्रहरीले उनी सिसिटिभी क्यामेरामा कैद भएका जानकारी दिए । प्रहरीको अनुसन्धानले उनले नारायणगढको लिलाचोक नजिकका एक व्यक्तिसँग फोन मागेर प्रवेशसँग कुराकानीसमेत गरेकी थिइन् ।
सापकोटाको मोबाइल सेट भने प्रहरीले प्रवेशको साथमा फुटेको अवस्थामा भेटेको छ । मोबाइलविहीन बनेकी उनले अपरिचित व्यक्तिको मोबाइलबाट ११ सेकेन्ड प्रवेशसँग बोलेको भेटिएको प्रहरीले जनाएको छ ।
















भारतको विधानसभा निर्वाचन : उलटफेर परिणाम आउँदै
प्रधानमन्त्री बालेन भन्छन्- विद्यार्थी र कर्मचारी संगठनहरू दलको ‘स्लिपर सेल’ भए
ओमान विरुद्ध ब्याटिङ गर्दै नेपाल, दुई खेलाडी परिवर्तन
रोशी खोलामा फसेका ८९ यात्रुको उद्धार
दुई अमेरिकी युद्धपोतले इरानी आक्रमणका बीच पार गरे होर्मुज जलमार्ग
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
युरोपमा अमेरिकी प्रभाव घट्ने सङ्केत, जर्मनीबाट अमेरिकी सैनिक फिर्ता गर्ने योजना
प्रतिक्रिया