केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ । मनसुनी वायुको प्रभावले शनिबार देशभर सामान्यदेखि पूर्ण बदली रही धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भएको छ । मनसुनी न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक रहेकाले सुदूरपश्चिम, कर्णाली तथा लुम्बिनी प्रदेशका केही स्थानमा बाँकी प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
मौसमविद् गंगा नगरकोटीले आगामी सोमबारसम्म देशभर सामान्यदेखि पूर्ण बदली रही धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जानकारी दिइन् । देशको पहाडी भूभागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहनका साथै ठूला तथा साना नदी नाला र खोलामा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुनसक्ने भएकाले जल तथा मौसम विज्ञान विभागले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।
हाल देशभर सामान्य बदली रही प्रदेश नं १, २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका एक÷दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । हाल देशभर सामान्यदेखि पूर्ण बदली रही गण्डकी प्रदेशका धेरै स्थानका साथै प्रदेश नं १, २, बागमती प्रदेश तथा लुम्बिनी प्रदेशका थेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
आइतबार देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम तथा सुदूरपश्चिम, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना रहेको बताइएको छ ।















नेशनल लाईफको सीईओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न
नेकपालाई पहिलो शक्ति बनाउने गरी लाग्न नेता कार्यकर्तालाई प्रचण्डको निर्देशन
सर्लाहीमा शल्यक्रिया लगत्तै किशोरीको मृत्यु, चिकित्सक पक्राउ
मनाङमा एमाले र राप्रपाका उम्मेदवारले फिर्ता लिए उम्मेदवारी
महावीर पुनको चुनाव चिह्न ‘त्रिभुज’
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु
बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी
प्रतिक्रिया