प्रहरीमा गृह मन्त्रीको हस्तक्षेप सुरु, सशस्त्रको एसपी बढुवामा चलखेल

काठमाडौँ । नयाँ सरकार बनेसँगै गृह मन्त्रालय नेपाल कांग्रेसको भागमा पर्यो । पहिलो चरणको मन्त्रिपरिषद् गठनमा मन्त्रालयको जिम्मेवारी बालकृष्ण खाँडलाई दिइएको छ ।
मन्त्रालयको जिम्मेवारी सम्हालेकै दिन मन्त्री खाँडले नेपाल प्रहरी र सशस्त्र प्रहरी संगठनसँग शान्ति सुरक्षाको बारेमा बिफ्रङ लिए । दुवै प्रहरी संगठनका प्रमुखलाई आफूले हस्तक्षेप नगर्ने बताएका थिए । तर, उनले मन्त्रालय सम्हालेकै तेस्रो दिन नेपाल प्रहरीमा एआइजिपी सरुवा रोकियो ।
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वले जाँदा जाँदै नेपाल प्रहरीका चार एआइजीको सरुवा गरेको थियो । अघिल्लो दिन प्रहरीमा आफ्नो हस्तक्षेप नहुने धारणा दिएका गृहमन्त्रीले गृह मन्त्रालयमार्फत नै सो सरुवा रोकाएका थिए ।
‘आइजिपीले फोन गरेर एआइजीहरुलाई तत्काल रमना नबुझ्न निर्देशन दिएका थिए, त्यसले हामीले रमना बुझेनौँ’, एक एआइजीले भने । सरकारले ७ महिनाअघि मात्रै एआइजीको सरुवा गरेको थियो । तर, अघिल्लो सरकारले सबै एआइजीको सरुवा गरेर नयाँ थपिएका एआइजी सहकुल थापालाई पदस्थापना गरेको थियो ।
‘मन्त्रालय आउने बित्तिकै नेपाल प्रहरीमा जे देखियो त्यसबाट गृहमन्त्रीले प्रहरीभित्र चासो राखेको देखिन्छ, एआइजीको सरुवा भइसकेकाले उनीहरु जहाँ छन् त्यहाँ रोक्न कि निर्णय बदर गर्नु पर्यो कि त काजमा थमौति गर्नु पर्यो’, एक प्रहरी अधिकारीहले भने ।
उनका अनुसार अहिले कांग्रेसका केही नेताहरुले प्रहरी प्रधानकार्यालयमा सरुवा र बढुवाको सूची पठाउन थालिसकेका छन् । ‘मन्त्रीले हस्तक्षेप गरेका हुन कि करेक्सन गर्न खोजेका हुन बुझ्न सकिएन’, गृहमन्त्रालयका एक अधिकारीले भने ।
नेपाल प्रहरीमा एआइजीको सरुवा रोकेका गृहमन्त्री खाँडको सचिवलायलको नामबाट सशस्त्र प्रहरीमा भने हस्तक्षेप नै भएको छ । सशस्त्र प्रहरी बल नेपालमा १५ जना सशस्त्र प्रहरी नायब उपरिक्षक (डिएसपी) सशस्त्र प्रहरी उपरीक्षक (एसपी)मा बढुवा गर्न सिफारिसमा ८ जना डिएसपीको सूची नै मन्त्री निकटको नेताबाट परेको स्रोतको दावी छ ।
‘नयाँ सरकार आउनुपूर्व असार २३ गते बढुवाका लागि विज्ञापन गरिएको थियो सोहीअनुसार योग्यता पुगेका सबै डिएसपीहरुले बढुवाको दाबी गरे । तर, अहिले बढूवाको सिफारिस सूची हेर्दा धेरै कनिष्ठहरु पनि बढुवा भएका छन्’, स्रोतले भन्यो ।
प्रधानमन्त्री शेरबहादुर देउवाको नातेदार पर्ने एसपी दीपेन्द्र कुँवरमार्फत मन्त्रालयको नाममा यस्तो हस्तक्षेप भएको सशस्त्र प्रहरीका एक अधिकारीको दाबी छ । सशस्त्र प्रहरी बलको बढुवा सिफारिसअनुसार सशस्त्र प्रहरीका १५ जना डीएसपीलाई एसपीमा बढुवा गर्न गृह मन्त्रालयलाई सिफारिस गरेको हो । बढुवा उपरको उजुरी दिन चाहेमा ७ दिनको समयावधि दिइएको बढुवा समितिका सदस्यसचिव तथा सशस्त्र प्रहरी बलका प्रवक्ता राजु अर्यालले बताएका छन् ।
अहिले बढुवाको सिफारिसमा परेका गोपी चन्द, अमरबहादुर ऐर, विमल डाँगी, धनबहादुर सिंह, मनहरी कुँइकेल आफ्नो व्याचीभन्दा योग्यतामा निकै कमजोर भए पनि उनीहरु बढुवाको सिफारिसमा परेको स्रोतको दाबी छ ।
एसपी कुँवरकै कारण अहिले कामु एसएसपी बढुवा पनि रोकिएको छ । उनी नपर्ने भएपछि सो बढुवा रोकिएको स्रोतको दाबी छ । सोर्सकै आधारमा अहिलेको आर्मीको स्टाफ कलेजमा तालिम गरिरहेका उनले मन्त्रीसँगको सेटिङमा डिएसपी बढुवामा हस्तक्षेप गराएको स्रोतको दाबी छ ।
यसअघि उनी हावी हुँदै आए पनि सरकार नै फरक परेकाले असर नपरेको तर अहिले भने उनी हावी हुन थालेको स्रोतले बतायो ।
















कर्मचारीले इन्धन दुरुपयोगको गरेको आरोप स्वास्थ्यमन्त्रीले लगाएपछी मन्त्रालयले भन्यो- दुरुपयोग भएको छैन
सुकुम्बासी देखी लिपुलेकसम्म यस्ता छन् कांग्रेस बैठकका ७ निर्णय
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
विश्वकै व्यस्त मानिने दुबई विमानस्थलमा यात्रुको सङ्ख्यामा ६६ प्रतिशतको गिरावट
नेपाललाई तेक्वान्दोमा चार स्वर्ण पदक
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
वैशाख १९ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो
मौसम पूर्वानुमान : केही यी स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
प्रतिक्रिया