निरंकुश प्रवृत्तिको पराजय र नेपाली जनताको जित : माधव नेपाल
मेरोन्यूज
२०७८ साउन ४ गते ६:३८

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले निरंकुश प्रवृत्तिको पराजय र नेपाली जनताको जित भएको बताए । प्रधानमन्त्री शेर बहादुर देउवालाई विश्वासको मत दिएका नेता नेपालले संसद बैठकपछि नेपाली जनताको जित भएको बताए ।
नेता नेपालसहित २२ जना एमाले सांसदहरुले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएका थिए । यससँगै देउवाले १६५ मत पाएका छन् भने विपक्षमा ८३ र मत दिन हुँदैन भन्नेमा १ मत परेको छ । संसदको यो निर्णयले पटक पटक भएको प्रतिनिधि सभा विघटन गलत भएको पुष्ट्याएको छ, नेता नेपालले भने, “यो प्रतिनिधि सभाले स्थायित्व दिन सक्दैन भन्ने स्थापित गर्न खोजिएको थियो तर त्यो असफल भइ निरंकुश प्रवृत्तिमा अंकुश लागेको छ ।” साथै जनता, लोकतन्त्र र संविधानको जित भएको उनले बताए ।
सम्बन्धित

















विद्रोहपछि बङ्गलादेश को पहिलो चुनावमा बिएनपीको जितको दाबी
प्रतिनिधिसभा निर्वाचन निष्पक्ष र धाँधलीरहित वातावरणमा सम्पन्न गर्न माग
समाजवादको नयाँ यात्रा सुरु गर्ने प्रचण्डको संकल्प
माघ मसान्तसम्म ४० प्रतिशत बजेट खर्च, विकास खर्च १५ प्रतिशतमा खुम्चियो
भ्रष्टाचार नियन्त्रणमा नेपालको प्रगति देखिएन, ३४ अंक यथावत
जापानमा भारी हिमपात, ४६ जनाको मृत्यु
रामेछाप बस दुर्घटना : मृतक १० जनाको पहिचान खुल्यो (नामसहित)
टी-२० विश्वकपमा पाकिस्तानकाे दोस्रो जित,अमेरिका ३२ रनले पराजित
रामेछाप बस दुर्घटना : मृतकको संख्या १२ पुग्यो, चालक नियन्त्रणमा
प्रतिक्रिया