आजको राशिफल : श्रावण ४ गते सोमबार

काठमाडौं । आज २०७८ साल श्रावण महिनाको चार गते सोमबार, आषाढ शुक्लपक्षको दशमी तिथि । आज साउनको सोमबार, भगवान शिवजीको विशेष पूजाआजा तथा व्रत बस्ने प्रचलन रही आएको छ । अब लागौं आजको राशिफलतर्फ ।
मेष
पेशाप्रतिको लगावमा बृद्धि हुने छ भने आफ्नो पेशागत जिम्मेवारी राम्रोसँग निभाउन सकिने छ । पेशागत जीवनमा लाभ प्राप्त हुन जाने छ भने आम्दानीमा पनि बृद्धि देखा पर्ने छ । दाम्पत्य जीवनप्रति समर्पित हुने स्वाभावमा बृद्धि हुने छ ।
वृष
पेशागत जीवनमा सकारात्मक नतिजाहरु प्राप्त हुने छ भने लाभ पनि प्राप्त हुन जाने छ । मनमा दुविधाका मात्राहरु बढि नै देखिन जाँदा निर्णय क्षमतामा कमि आउने छ । बोलीको प्रभावकारीमा बृद्धि हुने छ । कडा रिस हुन जाने भएकाले यस विषयमा विचार गर्नु होला ।
मिथुन
धन सम्पत्तिको बृद्धिमा केन्द्रीत कुन मनमा तिब्रता आउने छ । बोली पनि प्रभावकारी बन्न जाने छ । बाठो प्रकृतिको व्यक्तित्व हुने छ । व्यवस्थापकीय क्षमतामा पनि दक्षता बृद्धि हुने छ । तर भाग्यको साथ नभएका कारण कतिपय विषयमा असफलता हात पर्ने छ ।
कर्कट
सुख सुविधाका साधन वा पदार्थहरुको प्रयोगमा भने सन्तोष मिल्ने छ । कमजोर मनोबल भएको व्यक्तित्व हुने छ । जसले गर्दा दुविधात्मक शैलीको व्यक्तित्व हुने छ । पेशागत जीवनमा समस्याहरु देखा पर्ने भएकाले सामना गर्दै अघि बढ्नु पर्ने छ । परिवारको साथ लिएर अघि बढेमा मद्धत प्राप्त हुने छ ।
सिंह
प्रतिष्पर्धात्मक क्षमतामा बृद्धि हुने छ । बोली प्रभावकारी बन्ने छ । पेशागत जीवनमा शान्त भएर निर्णयहरु लिनु पर्ने समय रहेको छ । आम्दानीमा भने केही बढोत्तरी हुने हुने छ । मनोबलमा गिरावट आउँदा आफैले आँटेका कामहरु पनि सम्पन्न गर्न सक्ने विषयमा अन्योल जस्तो बन्न पुग्ने छ ।
कन्या
बोलीमा नरमपना र शितलता देखा पर्ने छ । आम्दानीमा बृद्धि हुने छ भने पैतृक सम्पत्तिबाट पनि लाभ मिल्ने छ । पेशागत जीवन स्थिर रहने छ । आफ्नो लक्ष्य प्रति समर्पित हुने स्वाभाव हुने छ । व्यवस्थापकीय खुबीमा बृद्धि हुने हुँदा गरेका कामहरुमा सफलता प्राप्त हुने छ । परिवारप्रति केन्द्रीत रहने व्यक्तित्व बन्ने छ ।
तुला
आम्दानीमा केही बृद्धि हुने छ । तर पेशागत जीवनमा भने अस्थिरताको सामना गर्नु पर्ने छ । बौद्धिकताको मात्रामा बृद्धि हुने छ । भाग्यको बलियो साथ रहेकाले आँटेका कामहरु पुरा हुन जाने छन् । शान्त स्वाभावको व्यक्तित्व हुँदा हुँदै पनि बोलीमा भने कटुताको तत्व रहने हुँदा यस विषयमा ध्यान दिनु होला ।
वृश्चिक
विदेश यात्रा गर्ने विचारले तिब्रता पाउने छ । पेशागत जीवन स्थिर रहने छ भने आम्दानीमा पनि केही बृद्धि देखिने छ । बोलीमा कटुताको मात्रा देखा पर्ने भएकाले संयमित रहनु होला । मनमा नकारात्मक विचारहरुको श्रृङ्खलाले गर्दा उदासिनताको मात्रा बढ्न जाने छ । मन नियन्त्रण गर्ने प्रयास गर्नु पर्ने देखिन्छ ।
धनु
प्रतिष्पर्धात्मक क्षमतामा बृद्धि हुने छ । आफुले सोचेको आम्दानी तथा लक्ष्यका विषयमा सन्तोषजनक नतिजा देखिने छैन् । जीवनसाथिको साथ वा सल्लाहसहित काम गरेमा जोखिमहरु कम हुन जाने छन् । पेशागत जीवनमा उतार–चढाव देखिने भएकाले संयमित भई कदमहरु चाल्नु होला । धेरै जोखिम भन्दा भए गरेका कामहरुलाई निरन्तरता नै उपयुक्त हुने देखिन्छ ।
मकर
दृढताले भरिएको व्यक्तित्व हुने छ । तर कतिपय सन्दर्भमा आवश्यकता भन्दा बढि दृढता समेत देखा पर्ने हुँदा अरुले घमण्डि महशुस गर्ने छन् । जीवनसाथिको साथ र सहयोगले पेशागत जीवनमा महत्वपूर्ण भुमिका खेल्ने छ । साझेदारीमा गरिएका कामहरुमा द्वन्दका क्रम देखिने छ ।
कुम्भ
बौद्धिक क्षेत्रमा प्रगति हुने छ भने ज्ञान र बुझाईको मात्रा फराकिलो बन्ने छ । प्रतिष्पर्धीहरुको अभिव्यक्ति तथा भनाईबाट मनमा खिन्नता देखा पर्ने छ । त्यसैले अरुको कुरा धेरै सुन्ने वा त्यस कुराले खिन्नता हुने भन्दा आफै प्रति दृढ विश्वास राख्दै अघि बढ्नु उपयुक्त हुने छ । पेशागत जीवनमा अरुसँग जुधेर अघि बढ्नु पर्ने समय छ ।
मीन
आम्दानीमा केही बृद्धि हुने छ । दाम्पत्य जीवनमा मधुरता देखिने छ । जीवनसाथिको साथ र सल्लाहमा कदम चालेमा सहजता हुने छ । पेशागत जीवनमा भने आँकलन नगरिएका अड्चनहरु देखा पर्ने हुँदा उतारचढाव देखा पर्ने छन् । मनमा उदासिनताको मात्रा बढ्ने छ । चिसोले सताउने छ भने पानीजन्य विषयमा सतर्क रहनु होला । आफुलाई अरु भन्दा भाग्यहिन लाग्ने छ ।

ज्यो. दिवाकर पन्त
ज्यो. पन्त ज्योतिषी, वास्तु, रत्न एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८१३६३७२३८
















११ सहसचिवको सरुवा, काे कहाँ? (सूचीसहित)
झापामा कलेज बस दुर्घटना हुँदा ४ जना घाइते
नेप्सेमा झिनो अंकको गिरावट
वीरगञ्जमा नबिल निःशुल्क जलन शिविरमा १५० जनाले लिए परामर्श तथा उपचार
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाउँदै राष्ट्रपति
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
प्रतिक्रिया