काठमाडौँ तिनचुलीबाट पाँचसहित ११ जुवाडे पक्राउ
काठमाडौँ । काठमाडौँ महानरगपालिका ६ तिनचुली बिगमार्ट नजिक वीरेन्द्र लामाको घरमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ललितपुर गोदावरी घर हुने ३५ वर्षीया तारा थापालगायत ५ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
उनको घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त पाएसँगै महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ३९ हजार ९ सय रुपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो ।
त्यस्तै नवलपरासी (पूर्व), कावासोती नगरपालिका ३ अठ्ठाइस बिगाहा बस्ने शोभा बिकको घरमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३५ वर्षीय शेर बहादुर बिकलगायत ६ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
उनको घरमा जुवातास खलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १९ हजार २ सय ८५ रुपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।











सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी
जेलेन्स्कीले दिए रुसलाइ कडा चेतावनी
कांग्रेस नेता पौडेलद्वारा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा
रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु
कांग्रेसद्वारा राष्ट्रियसभाको अधिवेशन माग
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
रवि लामिछाने र बालेन रातभर ६ घण्टा वार्ता : एउटै गाडीमा बाहिरीए
बयानपछि तत्कालीन गृहसचिव, आईजी र काठमाडौंका सीडीओको स्थानहद फुकुवा
प्रतिक्रिया