क्रिकेट गतिविधी गर्न आजिवन प्रतिबन्धमा परेका शिल्पाका श्रीमान पोर्न फिल्म बनाएको आरोपमा पक्राउ
३ दिन प्रहरी थानामा

काठमाडौं । बलिउड अभिनेत्री शिल्पा शेट्टीका श्रीमान राज कुन्द्रा पोर्न फिल्म बनाएको र बेचेको आरोपमा पक्राउ परेका छन् । पोर्न फिल्ममा लगानी गरेर सामाजिक एप्समा बेचेको आरोपमा उनलाई मुम्बई प्रहरी अपराध शाखा पक्राउ गरेको हो ।
सेट्टीका श्रीमान पोर्न इन्डस्ट्रीमा १० करोडको लगानी गरेकाले ६ महिना अघि ऊनी विरुद्ध मुद्धा दर्ता भएको र अनुसन्धानद्धारा प्रमाण फेला परेकाले पक्राउ गरिएको मुम्बई प्रहरीले जनाएको छ । पोर्न चलचित्रको निर्माणमा सेट्टीका श्रीमान कुन्द्राको सम्बन्ध रहेको प्रमाण फेला परेकाले मुद्धा प्रकृयाका लागि ३ दिन थुनामा परेका हुन् ।
प्रहरी प्रहरी अपराध शाखाका अनुसार भारतको साइबर कानुनबाट बच्न राज र उनका ब्रिटेनमा बस्ने भाईले ब्रिटेनमै एक कम्पनी दर्ता गरी पोर्न चलचित्र भारतमा छायांकन गरेर अनलाइनको माध्यमबाट विदेशका विभिन्न एप्सहरुमा पठाइएको भारतिय सञ्चार माध्यम दी इकोनोमिक टाइम्सले जनाएको छ ।
सेट्टीका श्रीमान कुन्द्रा २०१५ मा क्रिकेटका सम्पुर्ण गतिविधी गर्नबाट आजिवन प्रतिबन्धमा परेका थिए । २०१५ मा राजस्थान रोयल्सकोे सह मालिकका रुपमा रहेका उनीमाथि म्याच फिक्सिङको आरोप लागेको थियो । पछि उक्त घटनामा उनी दोषी भेटिएपछि क्रिकेटका सम्पुर्ण गतिविधीबाट उनलाई आजिवन प्रतिबन्ध लगाइएको थियो ।

















गोरखाका सामुदायिक विद्यालयहरु भोलिबाट खुल्ने
बीपी राजमार्ग आज बिहानदेखि अवरुद्ध
कांग्रेस नेता पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय सदस्यहरूको बैठक
३३ अंकले घट्यो सेयर बजार
लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाकाे निर्णय
हर्क साम्पाङको फेसबुक आइडी सस्पेन्ड
रास्वपाकाे मुख्य सचेतकमा कविन्द्र बुर्लाकोटी, सचेतकमा प्रकाशचन्द्र र क्रान्तिशिखा
शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब
प्रतिक्रिया