ओली-नेपाल दुवै एक-अर्काको रणनीति हेर्दे
ओलीले अझै पठाएनन् नेपाल समूहलाई सोधिएको स्पष्टीकरण पत्र, भएन आज कारवाही
नेपाल समूहले पनि बोलायो आफू निकट केन्द्रीय सदस्य र सांसद्हरुको बैठक

काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय समिति बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई मतदान गर्ने माधव नेपाल पक्षका सांसदलाई कारवाही गर्ने बताइएपनि कुनै कारवाही गरिहालेको छैन । हिजोको बैठकले नेपाल समूहका २२ जनालाई २४ घण्टे स्पष्टीकरण सोध्ने र त्यसैका आधारमा कारवाहीको प्रक्रिया अगाडि बढाउने बताएपनि नेपाल समूहलाई स्पष्टीकरण पत्र समेत पठाएको छैन ।
पार्टी फुटको अन्तिम मोडमा रहेको भन्दै दुवै पक्षले एक अर्काे पक्षका गतिविधि नियाल्दै बसेका छन् । अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधव नेपाललाई अझै पार्टी मिलाउन दुवै पक्षका नेताहरुको दबाब रहेका कारण पनि दुवै नेता एक अर्काको रणनीति जाच्ने तयारीमा लागेका छन् ।
सोही कारण एमालेको ओली पक्षले माधव नेपाल समूहका २२ सांसदलाई प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएको भन्दै स्पष्टीकरण सोध्ने निर्णय गरेपनि अझै त्यो पत्र सम्बन्धित नेताहरुलाई पठाएको छैन । जसका कारण आजै माधव नेपालसहितका नेतालाई कारवाहीको प्रक्रिया अगाडि बढ्न सक्ने अनुमान गरिएपनि बैठकले त्यसबारेमा कुनै औपचारिक निर्णयसमेत गरेको छैन ।
आज दिउँसो च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा वसेको एमाले केन्द्रीय कमिटी बैठकले नेपाल समूहमाथिको कारवाहीको प्रक्रिया रोकेर अहिले पार्टीको अवस्थाका बारेमा प्रदेश तहवाट नेताहरुको रिपोर्टिङ शुरु गरेको छ ।
बैठकपछि प्रवक्ता प्रदीप ज्ञवालीले स्पष्टीकरण सोधेको २४ घण्टा पूरा नभएको कारण आज त्यसबारे कुनै निर्णय नगरिएको जानकारी दिए । ज्ञवालीले सांसदहरूले पत्र हात पारेपछि मात्र २४ घण्टाको अल्टिमेटम सुरु हुने जानकारी दिए ।
बैठकको शुरुमा पार्टीमा उत्पन्न समस्या समाधानका निम्ति गठन गरिएको कार्यदलको तर्फबाट संयोजक सुवास नेम्वाङले बैठकलाई ब्रिफिङ गरेका थिए । पार्टीको केन्द्रीय समितिले कार्यदलले तयार गरेको १० बुँदे प्रस्तावलाई अनुमोदन गरी सकेको छ भने कार्यदल विघटन गरिसकेको छ । बैठकमा १० बुँदे प्रस्तावलाई सिर्जनात्मक ढङ्गले अगाडि बढाउने विषयमा छलफल भएको ज्ञवालीको भनाइ छ ।
आजको बैठक सातैवटा प्रदेशका पार्टी अध्यक्षहरूले ब्रिफिङ गरेको पनि प्रवक्ता ज्ञवालीले जानकारी दिए । सातै प्रदेशका अध्यक्षहरूले आफ्नो प्रदेशमा एमालेको सङ्गठनात्मक अवस्था तथा राजनीतिक सन्तुलनको बारे बैठकमा ब्रिफिङ गरेको प्रवक्ता ज्ञवालीले भने ।
उनले भने, –‘पार्टीबाट केही समूह बाहिरिँदा के असर पर्छ, आसन्न निर्वाचनमा पार्टीको अवस्था कस्तो रहन्छ भन्ने ब्रिफिङका साथै अब कसरी अगाडि जाने सुझाव पनि प्रदेश अध्यक्षहरूले दिनुभएको छ ।’
उनका अनुसार पार्टीभित्र देखिएको विवाद छिटो समाप्त गरेर गतिशीलरुपमा अघि बढ्नुपर्ने प्रदेश अध्यक्षहरूको सुझाव छ ।
प्रदेश अध्यक्षहरूले पार्टीको प्रशिक्षण अघि बढाउनुपर्ने, सरकारमा रहँदा पार्टीले गरेका काम र अहिलेको अवस्थाबारे पार्टी पङ्क्तिलाई जानकारी दिनुपर्ने र आफूबारे कमीकमजोरीहरू भए त्यसको समीक्षा पनि गरिनुपर्ने सुझाव दिएका थिए । आज बैठकमा उठेका प्रश्नहरूको बारेमा भोलि महासचिवले जवाफ दिने पनि ज्ञवालीले जानकारी दिए ।
बैठक भोलि फेरि बस्ने गरी सकिएको छ ।
उता माधव नेपाल पक्षका नेताहरुको आज नयाँ बानेश्वरस्थित अर्याल होटलमा छलफल भएको छ । नेपाल पक्षका आज भेला भएका सांसदहरूले नेता नेपाललाई आवश्यक परे नयाँ पार्टी निर्माण गरेर अघि बढ्न सुझाव दिएका छन् । ओलीसँग झुक्न नहुने भन्दै उनीहरुले त्यस्तो सुझाव दिएका हन् ।
भेलामा सहभागी सांसद् मेटमणि चौधरीले ओलीजस्तो शासकले एमालेलाई सग्लो बनाउन नसक्ने भएकाले कानूनले दिन्छ भने नयाँ पार्टी बनाएर जानुपर्छ भन्ने सुझाव सहभागीहरूले दिएको जनकारी दिए ।
‘कानुनले दिन्छ भने नयाँ पार्टी बनाएर जानुपर्छ भन्ने सुझाव आएको छ। कानून र संविधानले दियो भने हामी त्यतातिर जान्छौं। हामी वकिलहरुसँग पनि छलफल गर्छौ ’ चौधरीले भने।
नेपाल पक्षले उक्त समूहका सांसद र केन्द्रीय सदस्यहरुको बैठक भोलि बस्ने गरी तय गरेको छ । बैठकमा ओली पक्षका प्रेम आलेसहितका ८ जना सांसदलाई पनि बोलाइएको छ । उनीहरुले प्रधानमन्त्री देउवालाई संसद्मा विश्वासको मत दिएका थिए ।

















निर्वाचन आयोगसँगकाे सहकार्यमा टिकटकले सुरु गर्यो ‘इन–एप इलेक्सन सेन्टर’
श्रीलङ्कामा जङ्गली हात्तीको आक्रमणबाट एक जनाकोृ मृत्यु तीन घाईते
एनआईसी एशिया बैंकले ६.९९ प्रतिशत स्थिर ब्याजदरमा १० करोडसम्म घर कर्जा दिने
सिरहा लहानका २४वटै वडामा निःशुल्क क्यान्सर शिविर सञ्चालन
देशलाई निकास दिन निर्वाचनलाई सफल बनाऔँ : प्रधानमन्त्री कार्की
भ्रष्टाचार नियन्त्रणमा नेपालको प्रगति देखिएन, ३४ अंक यथावत
रामेछाप बस दुर्घटना : मृतक १० जनाको पहिचान खुल्यो (नामसहित)
कस्ताे रहला आज दिनभरकाे माैसम ?
टी-२० विश्वकपमा पाकिस्तानकाे दोस्रो जित,अमेरिका ३२ रनले पराजित
रामेछाप बस दुर्घटना : मृतकको संख्या १२ पुग्यो, चालक नियन्त्रणमा
प्रतिक्रिया