यही साउन ३१ गतेदेखि कक्षा १२ को परीक्षा सञ्चालन हुने

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले यही साउन ३१ गतेदेखि कक्षा १२ को परीक्षा सञ्चालन गर्ने भएको छ । यही साउन ३१ गतेदेखि भदौ ९ गतेसम्म भौतिकरूपमै परीक्षार्थीलाई उपस्थिति गराएर परीक्षा सञ्चालन गर्ने बोर्डको आज बसेको बैठकले निर्णय गरेको परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिए ।
बोर्डको बैठकले सरकारले निर्धारण गरेको स्वास्थ्य मापदण्ड अपनाएर कोभिड–१९ बाट सुरक्षित हुँदै आफू अध्ययन गरेको विद्यालयमा भौतिकरुपमा परीक्षा दिने गरी विद्यालयमा परीक्षा केन्द्र (होम सेन्टर) निर्धारण गरेको छ । कक्षा १२ मा परीक्षाको तयारीमा रहेका करिब तीन लाख ८६ हजार विद्यार्थीका लागि बोर्डले देशभरमा चार हजार ३१० परीक्षा केन्द्र निर्धारण गरेको छ ।
कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी)ले सर्तसहित परीक्षा सञ्चालनलाई अनुमति दिएपछि बोर्डको बैठक भौतिक उपस्थितिमा होम सेन्टरमा परीक्षा सञ्चालनको निर्णय गरेको उनले जानकारी दिए ।
बोर्डले गत जेठमा सञ्चालनको तयारी गरेको परीक्षा कोभिड–१९ को सङ्क्रमण उच्च भएपछि सरकारले गरेको निषेधाज्ञाका कारण परीक्षा स्थगित भएको थियो । यसअघि गत वर्ष बोर्डले ४० प्रतिशत मूल्याङ्कनका लागि परीक्षा लिएको थियो भने यस वर्ष शतप्रतिशत नै परीक्षा लिने भएको छ । परीक्षा गाईजात्रा र जनैपूर्णिमाको बिदाबाहेक शनिबार पनि सञ्चालन हुने भएको छ ।
















मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया