अभिनेत्री चम्सुरीको मृगौलामा समस्या, अस्पताल भर्ना

काठमाडौं । मृगौलाको समस्याका कारण नेपाली हास्यव्यंग्य क्षेत्रकी चर्चित अनुहार चम्सुरी उर्फ पल्पसा डंगोल केही दिनअघि महाराजगञ्जस्थित टिचिङ अस्पतालमा भर्ना भएकी हुन् । उनको दुई वटै मृगौला फेल भएको छ । मृगौला बिग्रेपछि हाल उनको मृगौला फेर्न बाहेकको अरु विकल्प नभएकाे उनलाई भेटेर आएकी कलाकार दीपा श्री निरौंलाले बताईन् ।
मेरोन्यूजसँग कुरा गर्दै कलाकार दीपाले भनिन्,‘हाम्रो साथी पल्पसाको दुई वटै मृगौला फेल छ,मृगौला फेर्नुबाहेक अरु विकल्प छैन, पाँच वर्षदेखि विरामी छिन्, मृगौंला किन्नको लागि पैसा संकलनमा सहयोग गरौं, कोही दान दिने हुनुहुन्छ भने उनलाई रकम व्यवस्थाको लागि अघि बढौं ।’
दीपाले अपिल गर्दै भनेकी छिन्, ‘हामी डाक्टरहरुसँग सर सल्लाह गर्दैछौ, उनिहरुको राय र सूझाब अनुसार नै हामिले के कति र कसरी सहयोग गर्न सक्छौ सबै शुभेच्छुक मित्रलाइ जानकारी दिनेछौ, हाललाइ एक कलाकार प्रति देखाउनु भएको यति बिध्न माया र सदभाबको लागि मुरी मुरी धन्यबाद ।’
केही समयदेखि पल्पसाको डाइलासिस गरे पनि अहिले डाक्टरले मृगौला प्रत्यारोपण गर्नुपर्ने अस्पतालले जनाएको छ ।
विगत १३ वर्षदेखि ‘मेरी बास्सै’ मा अभिनय गर्दै आएकी कलाकार पल्पसाले नेपालीसहित नेपालभाषा (नेवारी)का टेलिफिल्म, फिल्म तथा म्यूजिक भिडियोहरुमा समेत अभिनय गरेकी छिन् । उनि टेलिफिल्म ‘दृष्टि’ को निर्देशक समेत हुन् ।










ओलीलाई शुभकामना दिँदै विद्या भण्डारीले भनिन् – पार्टी एकतालाई सुदृढ बनाउने विश्वास लिएको छु
एमालेले महाधिवेशन गरेकाे भृकुटीमण्डपमै प्रचण्ड नेतृत्व नेकपाले आज सभा गर्दै
तरकारीको आजको मूल्य : आलुको मूल्य सस्तियो
राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने
सरकार गठनका सय दिनकाे सम्बाेधन : सुशासन र चुनाव गर्न सरकार चट्टान झै दृढ रहेकाे प्रधानमन्त्री कार्कीकाे जिकिर
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
आज २०८२ साल पुस ४ गते शुक्रबारको राशिफल
प्रतिक्रिया