योजना आयोगको उपाध्यक्षका लागि को-को छन् दौडधुपमा ?

काठमाडौं । राष्ट्रिय योजना आयोगको उपाध्यक्ष नियुक्तिका लागि चार जनाको दौडधुप सुरु भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले आयोगमा उपाध्यक्ष तथा सदस्यहरु नियुक्तिका लागि तयारी थालेसँगै दावेदारले राजनीतिक भेटघाट र छलफल तीव्र पारेका छन् ।
आयोगमा एक उपाध्यक्ष र ६ जना सदस्य हुन्छन् । उनीहरुका लागि छुट्टाछुट्टै क्षेत्र निर्धारण गरिएको हुन्छ ।
अहिले चार जना सम्भावित उपाध्यक्षका रुपमा डा. शंकर शर्मा, डा. प्रभु बुढाथोकी, डा. तिलक रावल र विश्व पौडेलको चर्चा छ । बुढाथोकी योजना आयोगका पूर्वसदस्य समेत हुन । उनी देउवा निकट मानिने भएकाले पनि उनको दावेदारी बलियो रहेको स्रोत बताउँछ । त्यसैगरी, डा. शर्मा यसअघि नै योजना आयोग सम्हालिसकेका र आयोगको उपाध्यक्षमा सबैभन्दा बलियो दाबेदारका रुपमा हेरिएको छ । डा. रावल राष्ट्र बैंकका पूर्वगभर्नर समेत हुन् । उनी पोलिमर नोट छपाइ प्रकरणमा विशेष अदालतबाट सफाइ पाएका हु्न् ।
यसैगरी, बुढाथोकी योजना आयोगका पूर्वसदस्य हुन् । उनी देउवा निकट मानिने भएकाले उनको दावेदारी पनि बलियो रहेको मानिन्छ । डा. पौडेल भने युवा अर्थशास्त्री हुन् । आयोगमा एक उपाध्यक्ष र ६ जना सदस्य हुन्छन् । उनीहरुका लागि छुट्टाछुट्टै क्षेत्र निर्धारण गरिएको हुन्छ । बजेट निर्माण, बजेट कार्यान्वयनको अनुगमन र आवधिक योजनाहरु निर्माणमा भूमिका खेल्ने भएकाले आयोगको पदहरुलाई शक्तिशाली मानिन्छ ।
आयोगमा अहिले डा पुष्पराज कँडेल उपाध्यक्ष छन् । उनले उपाध्यक्ष पदवाट राजीनामा दिईसकेका छैनन । उनी एमालेका आमन्त्रित स्थायी समितिका सदस्य समेत थिए ।
बजेट निर्माण र बजेट कार्यान्वयनको अनुगमन, योजना निर्माणमा भूमिका खेल्ने भएकाले आयोगको पदहरुलाई शक्तिशाली मानिन्छ । व्यक्तिगत रुपमा आफ्नो प्राज्ञिक क्षमता प्रस्तुत गर्ने र व्यक्तित्व उचो बनाउने थलो भएकाले पनि योजना आयोगको उपाध्यक्ष पदमा नियुक्ति लिन खोज्नेहरु धेरै हुन्छन् ।
















अष्ट्रेलियाको विन्डम सिटी र गोदावरी नगरपालिकाबीच ‘मित्रता शहर’ सम्झौता
अनधिकृत लिङ्क नखोल्न सीआईबीको आग्रह
निजी क्षेत्रलाई विश्वासमा लिएर लगानीको वातावरण बनाए सरकारको आर्थिक वृद्धिको लक्ष्य सजिलै हासिलहुन्छ-अध्यक्ष ढकाल
मौसम पूर्वानुमान: आज यी पाँच प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
बुधबारका लागि कुन देशको विदेशी मुद्राको विनिमय दर कति ?
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाउँदै राष्ट्रपति
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
प्रतिक्रिया