सामाजिक सुरक्षा कोषमा किन जान मान्दैनन् बैंकका कर्मचारी

काठमाडौं । बैंक तथा वित्तीय संस्थाका कर्मचारी ‘सामाजिक सुरक्षा चाहिँदैन, हामीलाई दबाउन पाइँदैन’ भन्दै आन्दोलनमा उत्रिएका छन् । पटकपटक सामाजिक सुरक्षा कोषसँग र बैंकको व्यवस्थापनसँग बैठक बसेपनि निष्कर्ष निस्किएको छैन ।
कोषले बैंकर्स संघ र बैंक तथा वित्तीय संस्थालाई तत्काल आबद्ध हुन भन्दै पत्र काटेपछि दुई पक्षबीच विवाद बढेको हो । बैंक तथा वित्तीय संस्थाका कर्मचारी आफूहरुको माग पूरा भएपछि मात्र कोषमा सहभागी हुने बताएका छन् ।
सेन्चुरी कमर्शलियल बैंकका ब्रान्च म्यानेजर नगेन्द्र कोइराला बैंकले दिने सुविधा कोषमा जाँदा घट्ने भएकाले विरोधमा उत्रनु परेको बताउनुहुन्छ । उनले भने, ‘बैंकमा काम गर्दा ऋण दिन्छ, घर नभएकाले घर बनाउन पाउँछन्, सुविधा दिन्छ, कोषमा बैंकले रकम जम्मा गर्दा सबै सुविधाबाट मुक्त गर्नपनि सक्छ, सरकारले बजेटको नाममा त्राहीमाम गराउन हुँदैन, सुविधाबारे स्पष्टता दिनुपर्छ ।’
बजेटको सुविधा के सबै कार्यालयका कर्मचारीलाई हो ? बजेटमा उल्लेखित सुविधा प्राप्त गर्न स्पष्ट सबै सर्त पूरा हुनुपर्ने बैंकका कर्मचारीको भनाइ छ ।
नेपालको संविधानले सबैलाई बराबरीमा राखेपनि निजी र सरकारी सेवाका कर्मचारीबीच विभेद देखाएकाले गाह्रो परेको बैंक अफ काठमाडौंमा कार्यरत प्रकाश तिवारीले बताए ।
कोभिड–१९ को दोस्रो लहरका कारण समस्यामा श्रमिक र रोजगारदाता समस्यामा छन् । सामाजिक सुरक्षा कोषमा सहभागिताका विषयलाई ऐच्छिक बनाउनुपर्ने तिवारीको भनाइ छ ।
बैंकर्स एशोसिएसनका अध्यक्ष अध्यक्ष भुवन दाहाल संविधानको प्रस्तावना र सामाजिक सुरक्षा कोष ऐन दुवैअनुसार कोषमा आबद्ध हुन बाध्यात्मक नभएको जिकिर गर्छन् ।
अधिवक्ता दिपक श्रेष्ठले आफनो नाममा जम्मा भएको रकमको ९० प्रतिशतसम्म जुनसुकै बेला कर्जा लिन पाइने तर कोषमा आबद्ध भइसकेपछि कर्जा लिनको लागि ३ वर्ष योगदान गरेको हुनुपर्ने र ८० प्रतिशत मात्र कर्जा दिने भन्ने व्यवस्था व्यावहारिक नभएको हुँदा योजना परिमार्जन गरे सबै बैंकका कर्मचारी कोषमा आबद्ध हुनसक्ने बताए ।
उनले योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ भन्दा पछाडि निवृत्तिभरण कोष ऐन, २०७५ आएकाले एउटै देशका नागरिकबीच सरकारी तथा निजीमा फरकता भएको बताए ।
श्रम ऐनले तोकेको सम्पूर्ण सेवा सुविधा पाइरहेका बैंक, वित्तीय संस्था, बीमा कम्पनी, ठूला ठूला अन्तराष्ट्रिय कम्पनी कोषमा आबद्ध हुन आलटाल गरिरहेका छन् । प्रत्येक दिन विरोध गरिरहेका बैंकका कर्मचारीले यत्तिकै चुप्प लागेर बस्लान् भनेर ग्यारेन्टी गर्न नसकिने अवस्था छ ।
















कुखुराको भालेलाई ‘अप्रेसन’ गरेर बधिया बनाइँदै
राष्ट्रियसभा बैठक बस्दै, चलचित्र विधेयक पेस गरिने
त्रिशूली किनारमा पुरिएको गणपति डिलक्स बसबाट मानव कङ्काल फेला
देशभरका यी नौ जिल्ला डढेलोको उच्च जोखिममा
‘ब्लु हिल’मा पर्यटकीय पूर्वाधार निर्माण गरिँदै
स्वतन्त्र उम्मेदवार महावीर पुनलाई उज्यालो पार्टीको समर्थन
दुई हजार एक सय जना एमालेमा प्रवेश
आयोगमा ३ जना समानुपातिक उम्मेदवारविरुद्ध उजुरी
नेपाली कम्युनिस्ट पार्टीले हरिबोल गजुरेलसहित ७ नेतालाई गर्यो निष्कासन
पूजाको अर्धशतकमा नेपालले जिम्बाबेलाई हरायो,सुपर- ६ मा पुग्ने सम्भावना
प्रतिक्रिया