एकता प्रस्तुत गर्न सकेमात्र पुष्पलालप्रति सच्चा सम्मान हुन्छः मुख्यमन्त्री पौडेल

हेटौंडा । वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले विभाजित मानसिकताबाट नभई कम्युनिष्ट आन्दोलनको मूल प्रवाहीकरणमा अन्य मित्र शक्तिलाई समेत समाहित गरेर अघि बढेमात्र पुष्पलालप्रति सही सम्मान हुने बताएका छन् ।
नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४३ औँ स्मृति दिवसको अवसरमा आज एक सन्देश जारी गर्दै मुख्यमन्त्री पौडेलले टुटफुट, एकता र विभाजनको अनेकन शृङ्खला पार गर्दै अघि बढेको कम्युनिष्ट आन्दोलनले विगतको तितामिठा अनुभवबाट सिकेर अगाडि बढ्न सक्दा मात्र वर्तमानको कार्यभार पूरा गर्न सकिने उल्लेख गरेका छन् ।
पौडेलले व्यक्तिगत कुण्ठा, द्वेष र अतृप्त आकांक्षाको परिपूर्तिका लागि जनादेशको अवमूल्यन गर्दै कम्युनिष्ट आन्दोलनलाई वर्गशत्रुको अगाडि आत्मसमर्पण गराउने प्रवृत्तिप्रति सचेत र सजग रहँदै प्राप्त उपलब्धिको बारेमा जनतालाई सुसूचित गर्नुपर्ने धारणा व्यक्त गरेका छन् । पौडेलले समृद्धिको सपनालाई यथार्थमा बदल्न मिल्ने जति सबैसँग मिल्न सकिने पनि उल्ल्ेख गरेका छन् ।
“पुष्पलालले प्रस्तुत गर्नुभएको विचारकै जगमा पञ्चायती व्यवस्थाको अन्त्य भई बहुदलीय व्यवस्थाको स्थापना भएको थियो । विसं २००६ मा उहाँको नेतृत्वमा स्थापित कम्युनिष्ट पार्टी विभिन्न आरोहअवरोहको सामना गर्दै अघि बढेको छ । टुटफुट, एकता र विभाजनको अनेकन शृङ्खला पार गर्दै अघि बढेको कम्युनिष्ट आन्दोलनले विगतको तितामिठा अनुभवबाट सिकेर अगाडि बढ्न सक्दा मात्र वर्तमानको कार्यभार पुरा गर्न सक्नेछ । राजनीतिक अधिकार प्राप्तिको आन्दोलनले सफलता पाएसँगै अब हाम्रो प्राथमिक कार्यभार जनताको समृद्धिको आकांक्षालाई सम्बोधन गर्नु हो । ‘समृद्ध नेपाल, सुखी नेपाली’ त्यही आकांक्षाको अभिव्यक्ति हो”, सन्देशमा उल्लेख छ ।

















माघ मसान्तसम्म ४० प्रतिशत बजेट खर्च, विकास खर्च १५ प्रतिशतमा खुम्चियो
Price of gold and silver declines in domestic market
लोकतान्त्रिक मूल्य र आदर्शलाई थप सशक्त बनाउन पार्टीको अभियानमा साथ दिन कांग्रेसको आग्रह
Bangladesh nationalists claim big election win, Islamists cry foul
PM tabling Muslim Commission’s report in National Assembly
जापानमा भारी हिमपात, ४६ जनाको मृत्यु
भ्रष्टाचार नियन्त्रणमा नेपालको प्रगति देखिएन, ३४ अंक यथावत
रामेछाप बस दुर्घटना : मृतक १० जनाको पहिचान खुल्यो (नामसहित)
टी-२० विश्वकपमा पाकिस्तानकाे दोस्रो जित,अमेरिका ३२ रनले पराजित
रामेछाप बस दुर्घटना : मृतकको संख्या १२ पुग्यो, चालक नियन्त्रणमा
प्रतिक्रिया