देउवाले पार्टी बैठक बालुवाटारमा नराख्ने,भोलिको पदाधिकारी बैठक बुढानिलकण्ठमा

काठमाडौं । कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको बैठक साउन ८ गते बस्ने भएको छ । पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले निजी निवास बुढानिलकण्ठमा पार्टी पदाधिकारी बैठक बोलाएका छन् ।
गत शुक्रबार र शनिबार पार्टी पदाधिकारी बैठक सरकारी निवास बालुवाटारमा बैठक राखेका थिए । जसको चर्को आलोचना खेपेका देउवाले अबदेखि पार्टी कार्यालय सानेपा वा सभापतिको निजी निवास बूढानिलकण्ठमा गर्ने बताएका हुन् ।
गत शनिवारको बैठकमा पार्टी सभापति देउवालाई आफ्नै पार्टीका नेताहरुले पार्टीको कुनै पनि बैठक बालुवाटारमा नराख्न आग्रह गरेका थिए । उक्त बैठकमा पार्टी कार्यालयमा धर्ना भएकाले बालुवाटार राखेको देउवाले बताएका थिए ।
महामन्त्री पूर्णबहादुर खड्काले अबदेखि पार्टी बैठक बालुवाटारमा नहुने जानकारी दिए । कांग्रेसले १४ औं महाधिवेशन तयारीका लागि बैठक केन्द्रित रहने बताइएको छ ।

















Price of gold and silver declines in domestic market
लोकतान्त्रिक मूल्य र आदर्शलाई थप सशक्त बनाउन पार्टीको अभियानमा साथ दिन कांग्रेसको आग्रह
Bangladesh nationalists claim big election win, Islamists cry foul
PM tabling Muslim Commission’s report in National Assembly
Prime Minister Karki in Taplejung
जापानमा भारी हिमपात, ४६ जनाको मृत्यु
भ्रष्टाचार नियन्त्रणमा नेपालको प्रगति देखिएन, ३४ अंक यथावत
रामेछाप बस दुर्घटना : मृतक १० जनाको पहिचान खुल्यो (नामसहित)
टी-२० विश्वकपमा पाकिस्तानकाे दोस्रो जित,अमेरिका ३२ रनले पराजित
रामेछाप बस दुर्घटना : मृतकको संख्या १२ पुग्यो, चालक नियन्त्रणमा
प्रतिक्रिया