अमेरिकामा अस्पताल भर्ना हुनेको दर पुनः बढ्दो

न्यूयोर्क । अमेरिकामा कोभिड–१९ बाट बुधबार २४ घण्टाको अवधिमा कोभिड–१९ सङ्क्रमण भई अस्पताल भर्ना हुने दरमा ४९ प्रतिशतले वृद्धि भएको न्यूयोर्क टाइम्सद्वारा सार्बजनिक तथ्याङ्कमा उल्लेख गरिएको छ । यो समयमा ४१ हजार ३१० व्यक्ति सङ्क्रमित भएका छन् ।
त्यसैगरी यो समयमा कोरोना भाइरसबाट २४९ जनाको मृत्यु भएको छ । विगत दुई हप्तामा कोरोनाबाट सङ्क्रमित हुने औसत दरमा १७१ प्रतिशतले वृद्धि भएको पनि बताइएको छ । अमेरिकामा हालसम्म कूल छ लाख नौ हजार ५०८ जनाको निधन भएको छ भने पछिल्लो दुई हप्तामा मृत्यु दर बढेको छ ।
बिहिबारसम्ममा कोभिड–१९ सङ्क्रमित हुनेको कूल सङ्ख्या तीन करोड ४२ लाख २१ हजार ५२६ रहेको छ । अमेरिकामा पूर्ण खोप लगाउनेको सङ्ख्या ४८.८ प्रतिशत पुगेको छ भने एक मात्रा खोप मात्र लगाउनेको सङ्ख्या ५६.३ प्रतिशत पुगेको छ । अमेरिकामा वयस्क अर्थात् १८ बर्षभन्दा माथिका कम्तीमा पनि ६८.४ प्रतिशत व्यक्तिले एक मात्रा र दुवै खोप अर्थात् पूर्ण खोप ५९.६ प्रतिशतले लगाईसकेका छन् ।
अमेरिकामा हालसम्म दुई करोड ९४ लाख ५८ हजार ४०३ कोरोना सङ्क्रमणपछि निको भएका छन् । अमेरिकामा ६५ बर्षभन्दा माथिका उमेरकालाई कम्तिमा एक मात्रा खोप ७९.५ प्रतिशत र पूर्ण खोप ८९.२ प्रतिशत दिइएको सिडिसीले जनाएको छ ।
















यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
माघ १३ गते मंगलबार, कस्ताे रहला तपाइकाे आजकाे राशिफल ?
कैलालीमा कुटपिट गर्दा श्रीमतीको मृत्यु
यही माघ तेस्रो सातादेखि एचपिभी खोप लगाइँदै
दुई हजार एक सय जना एमालेमा प्रवेश
स्वतन्त्र उम्मेदवार महावीर पुनलाई उज्यालो पार्टीको समर्थन
निर्वाचनको बेला कार्यकर्ताको मनोबल खस्किने अभिव्यक्ति नदिन ओलीलाई पाण्डेको जवाफ
नेपाली कम्युनिस्ट पार्टीले हरिबोल गजुरेलसहित ७ नेतालाई गर्यो निष्कासन
पूजाको अर्धशतकमा नेपालले जिम्बाबेलाई हरायो,सुपर- ६ मा पुग्ने सम्भावना
प्रतिक्रिया